नेभिगेशन
मुख्य समाचार

घरमा भेटिएको पैसाबारे देउवाले भनेः एआईले बनाएको फेक भिडियो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो बुढानिलकण्ठस्थित घरमा भेटिएको जलेको पैसाको भिडियो फेक भएको बताएका छन् । जेन–जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका देउवाले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सार्वजनिक भएको भिडियोलाई फेक बताएका हुन् ।

उनले अन्य देशको भिडियोलाई काटेर एआईको प्रयोग गरी बनाइएको दावी गरे । केन्द्रीय समितको बैठकमा लेखेर ल्याएको सम्बोधन सकिएपछि उनले घरमा भेटिएको पैसाबारे अभिव्यक्ति दिएका हुन् । 

Global Ime Bank

उनले भने, ‘त्यो फेक भिडिओ छ नि जो, मेरो घरमा भेटेको भनेको । फेक भिडिओ बनाएर मेरा खिलापमा प्रयोग गरिएको हो । अरु देशको भिडिओबाट काटेर ल्याएर एआईबाट भिडिओ बनाइएको छ । मेरो चरित्रहत्या गरिएको छ, यसबारे छानबिन होस्।’

देउवाको घरमा भेटिएको जलेका नोटबारे सिधाकुराले पहिलो पटक रिपोर्टिङ गरेको थियो । उक्त भिडियो सिधाकुराको आधिकारिक प्लेटफर्ममा मात्रै करिब ७० लाख पटक हेरिएको छ । केही समयअघि देउवाको सचिवालयले समेत उक्त भिडियो फेक भएको दावी गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०÷८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने...
उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

२०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाललाई उत्कृष्ट करदाताका...
शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा, शुभेच्छुकलाई नर्भस नहुन हसिनाको आग्रह

शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा, शुभेच्छुकलाई नर्भस नहुन हसिनाको आग्रह

गत वर्षको विद्यार्थी नेतृत्वको व्यापक विद्रोहमा सयौँ मानिसको हत्या गरी १५ वर्ष लामो शासन अन्त्य गरेको आरोपमा उनी भारतमा निर्वासित अवस्थामा रहेकी छन् ।
तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गरेका हुन ।