नेभिगेशन
समाज

घरमा भेटिएको पैसाबारे देउवाले भनेः एआईले बनाएको फेक भिडियो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो बुढानिलकण्ठस्थित घरमा भेटिएको जलेको पैसाको भिडियो फेक भएको बताएका छन् । जेन–जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका देउवाले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सार्वजनिक भएको भिडियोलाई फेक बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले अन्य देशको भिडियोलाई काटेर एआईको प्रयोग गरी बनाइएको दावी गरे । केन्द्रीय समितको बैठकमा लेखेर ल्याएको सम्बोधन सकिएपछि उनले घरमा भेटिएको पैसाबारे अभिव्यक्ति दिएका हुन् । 

Ncell
Extreme Energy

उनले भने, ‘त्यो फेक भिडिओ छ नि जो, मेरो घरमा भेटेको भनेको । फेक भिडिओ बनाएर मेरा खिलापमा प्रयोग गरिएको हो । अरु देशको भिडिओबाट काटेर ल्याएर एआईबाट भिडिओ बनाइएको छ । मेरो चरित्रहत्या गरिएको छ, यसबारे छानबिन होस्।’

देउवाको घरमा भेटिएको जलेका नोटबारे सिधाकुराले पहिलो पटक रिपोर्टिङ गरेको थियो । उक्त भिडियो सिधाकुराको आधिकारिक प्लेटफर्ममा मात्रै करिब ७० लाख पटक हेरिएको छ । केही समयअघि देउवाको सचिवालयले समेत उक्त भिडियो फेक भएको दावी गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।