नेभिगेशन
समाज

एन्फाले शहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

ललितपुर । अखिल नेपाल फुटबल संघ(एन्फा)ले शहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले ए डिभिजन क्लवको सुझावका आधारमा तत्कालका लागि होम एन्ड अवे प्रणालीमा लिग नगर्ने निर्णयमा पुगेको जनाएको हो ।

Ncell
Extreme Energy

एन्फा महासचिव किरण राईले होम एन्ड अवेमा खेल खेल्नका लागि क्लवहरुले १० महिनाको समय माग गरेको र अन्य तयारी समेत गर्नुपर्ने भएकाले तत्कालका लागि होम एन्ड अवे प्रणालीमा ए डिभिजन लिग नगर्ने निर्णयमा पुगिएको जानकारी दिए ।

लिग होम एन्ड अवे प्रणालीमा नभएपनि अन्य प्रणालीमा लिग सञ्चालनका लागि छठ पछाडी क्लवहरुसंग छलफल गर्ने उनले बताए । महासचिव राईले मिति तलमाथि हुने भएपनि ए डिभिजन लिग गर्नका लागि एन्फाले तयारी गर्ने उल्लेख गरे ।

ए डिभिजन लिगका साथै राष्ट्रिय लिगका बारेमा पनि छलफल भइरहेको भन्दै यसको आवश्यक निर्णय एन्फा बैठकले गर्ने उनको भनाइ छ । यसअघि ए डिभिजनका क्लबहरुले होम एन्ड अवे फरम्याटमा यस सिजनको लिग खेल्न आफूहरु तयार नरहेको जनाएका थिए ।

लिग सञ्चालनको लागि टाइमलाइन बनाएर अघि बढनुपर्ने माग क्लवहरुले राखेपछि होम एन्ड अवे प्रणालीबाट एन्फा पछि हटेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै छ ।

भर्खरै