नेभिगेशन
समाज

विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्न आवश्यकः  मन्त्री घिसिङ

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्न आवश्यक रहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विपद् जोखिम न्यूनीकरणका लागि अन्तरराष्ट्रिय दिवस—२०२५ का अवसरमा सोमबारदेखि आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलन समापन गर्दै मंगलबार उनले जलवायु परिवर्तनका कारण नेपालले हरेक वर्ष विपद्को सामना गरिरहनुपरेको भन्दै यसका लागि प्रभावकारी व्यवस्थापन र सूचना प्रणाली आवश्यक रहेको बताएका हुन ।

Ncell
Extreme Energy

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको कार्यक्रम समापनमा मन्त्री घिसिङले भने, “नदी प्रणाली र जल व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन नसक्दा विपद् व्यवस्थापनमा समस्या देखिएको छ ।

खाद्य सुरक्षा र खोला किनारामा भएको अव्यवस्थित बस्ती विकासले विपद् व्यवस्थापनलाई चुनौती दिएको छ । अब कुन ठाउँमा बस्ती बसाउन सकिन्छ भनेर आवश्यक अध्ययन गरेर व्यवस्थापन गर्न आवश्यक छ ।”

उनले विपद् व्यवस्थापनलाई सामाजिक पक्षबाट पनि ध्यान दिन आवश्यक रहेको उल्लेख गर्दै नेपालको करिब ३० वटा नदी क्षेत्रको जल व्यवस्थापन गर्न सकिए सिँचाइ र खानेपानीको व्यवस्थापनलाई सहज बनाउन तथा बाढी नियन्त्रणमा सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए । 

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक इञ्जिनियर दिनेश भट्टले विपद् जोखिम न्यूनीकरणका लागि भौतिक पूर्वाधारको बिमा गरिनुपर्ने भन्दै स्थानीय सरकार र नागरिक समुदायलाई सशक्त बनाउन आवश्यक रहेकामा जोड दिए ।

उनले विपद्का लागि काम गर्ने सुरक्षाकर्मीको क्षमता अभिवृद्धिमा समेत ध्यान दिनुपर्ने बताए । विपद् पूर्वतयारी सञ्जाल नेपाल (डिपी नेट)का अध्यक्ष डाक्टर राजु थापाले विपद्बाट जोगाउन उत्थानशील क्षेत्रमा लगानी बढाउँदै रैथाने ज्ञानको उपयोग र स्थानीय स्रोतसाधनको अधिकतम प्रयोगमा जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

मन्त्रालयका अनुसार बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले बालगृहमा पुगेर अनुगमन गरेको थियो। अनुगमनका क्रममा बालगृहको सरसफाइ अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरुम अस्वच्छ र चिप्लो अवस्थामा...
अहिलेसम्मको काम हेर्दा सरकार पाँच वर्ष टिक्ने संकेत छैनः कुलमान घिसिङ

अहिलेसम्मको काम हेर्दा सरकार पाँच वर्ष टिक्ने संकेत छैनः कुलमान घिसिङ

निराशाकै कारण व्यापारी र केही युवाहरूले आत्मदाह गर्नुपर्ने परिस्थिति बनेको भन्दै उहाले पूर्ण रूपमा नभएपनि केहि हदसम्म सरकार जिम्मेवार रहेको टिप्पणीगरे । दुई तिहाइ नजिकको सरकारले जनताको आशा...
'सुकुम्बासी' बनेर उदाएका विष्णु पौडेललाई २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा, साधारण तारेखमा रिहा

'सुकुम्बासी' बनेर उदाएका विष्णु पौडेललाई २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा, साधारण तारेखमा रिहा

पूर्वअर्थमन्त्री विष्णु पौडेल, जो पाँच पटक अर्थमन्त्री बने। उनी अर्थमन्त्री हुँदा उनको मन्त्रालय उनले नभई बिचौलिया दीपक भट्टले चलाउने गरेको खुलासा भएको छ।
बाढीपहिरोका कारण ६ राजमार्ग अवरुद्ध

बाढीपहिरोका कारण ६ राजमार्ग अवरुद्ध

नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।