नेभिगेशन
समाज

कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर कार्यबाहक सभापतिलाई बुझाइने

काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलन भएको हस्ताक्षर बुधबार कार्यबाहक सभापतिलाई बुझाइने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार नै हस्ताक्षर बुझाउने भन्दै पार्टी कार्यालय पुगेका नेता कार्यकर्ताहरुलाई महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्माको आग्रह पछि बुधबार हस्ताक्षर बुझाउने गरि फर्काइएको हो । नेता कार्यकर्ताहरुले मंगलबार नै आफुहरुको हस्ताक्षर बुझ्नुपर्ने भन्दै नारावाजी गरेका थिए ।

Ncell
Extreme Energy

त्यसपछि महामन्त्री थापाले मंगलबार केन्द्रीय समिति बैठकमा पार्टी सभापति शेर बहादुर देउवाले कार्यबाहक सभापति तोकेको र महाधिवेशन समयमा नै गर्न निर्देशन समेत दिएको हुनाले उनको सम्मानस्वरुप बुधबार मात्रै विशेष महाधिवेशन माग्दै संकलन भएको हस्ताक्षर बुझाउन आग्रह गरेका थिए ।

मंगलबार केन्द्रीय समिति बैठकमा सभापति देउवाको अन्तिम उपस्थीत भएकाले पनि त्यसलाई पनि सम्मान गर्दै केन्द्रीय समिति अन्य एजेण्डमा प्रवेश नगरेको उनले बताए ।

थापाले बुधबार तीन बजे नेता तथा कार्यकर्तालाई पार्टी कार्यालयमा स्वागत गर्ने र हस्ताक्षर कार्यबाहक सभापतिलाई बुझाउने व्यवस्था गर्ने उल्लेख गरेका छन् । विशेष महाधिवेशन माग गर्दै कांग्रेसका केहि नेता कार्यकर्ताले हस्ताक्षर संकलन गरेका थिए ।

उनीहरुले ५० प्रतिशत भन्दा बढि प्रतिनिधिहरुले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको दावी गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...