नेभिगेशन
समाज

कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर कार्यबाहक सभापतिलाई बुझाइने

काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलन भएको हस्ताक्षर बुधबार कार्यबाहक सभापतिलाई बुझाइने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार नै हस्ताक्षर बुझाउने भन्दै पार्टी कार्यालय पुगेका नेता कार्यकर्ताहरुलाई महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्माको आग्रह पछि बुधबार हस्ताक्षर बुझाउने गरि फर्काइएको हो । नेता कार्यकर्ताहरुले मंगलबार नै आफुहरुको हस्ताक्षर बुझ्नुपर्ने भन्दै नारावाजी गरेका थिए ।

Ncell
Extreme Energy

त्यसपछि महामन्त्री थापाले मंगलबार केन्द्रीय समिति बैठकमा पार्टी सभापति शेर बहादुर देउवाले कार्यबाहक सभापति तोकेको र महाधिवेशन समयमा नै गर्न निर्देशन समेत दिएको हुनाले उनको सम्मानस्वरुप बुधबार मात्रै विशेष महाधिवेशन माग्दै संकलन भएको हस्ताक्षर बुझाउन आग्रह गरेका थिए ।

मंगलबार केन्द्रीय समिति बैठकमा सभापति देउवाको अन्तिम उपस्थीत भएकाले पनि त्यसलाई पनि सम्मान गर्दै केन्द्रीय समिति अन्य एजेण्डमा प्रवेश नगरेको उनले बताए ।

थापाले बुधबार तीन बजे नेता तथा कार्यकर्तालाई पार्टी कार्यालयमा स्वागत गर्ने र हस्ताक्षर कार्यबाहक सभापतिलाई बुझाउने व्यवस्था गर्ने उल्लेख गरेका छन् । विशेष महाधिवेशन माग गर्दै कांग्रेसका केहि नेता कार्यकर्ताले हस्ताक्षर संकलन गरेका थिए ।

उनीहरुले ५० प्रतिशत भन्दा बढि प्रतिनिधिहरुले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको दावी गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।