नेभिगेशन
मुख्य समाचार

रामबाघ महलमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुँदै, युवा संघले सुरक्षा दिने

काठमाडौँ । नेकपा (एमाले) को दसौं केन्द्रीय कमिटी बैठक बुधबारबाट ललितपुरमा सुरू हुँदैछ। ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा आज ११ बजेबाट सुरू हुन लागेको हो। 
जेनजी आन्दोलनपछि सत्ताच्यूत भएको एमालेले ११ औँ महाधिवेशनको मिति तय गर्ने छ  । 

तीन दिनसम्म चल्ने बैठकको सुरुवातमै अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो घटनाक्रम सहितको राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । 
त्यस लगत्तै केन्द्रीय सदस्यहरुले ओलीको प्रतिवेदनमाथि धारणा राख्ने छन् । जेनजी आन्दोलपछि पार्टी भित्रैबाट ओलीले अध्यक्षले राजीनामा दिनु पर्ने र पार्टी पुनर्गठनको बहस चलिरहेकाले केन्द्रीय सदस्यहरुले यस विषयमा पनि धारणा राख्ने छन् । 

Dish home
City Express

२०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको एमालेको दसौं महाधिवेशनले बनाएको कार्य समितिको पाँच वर्षको कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । 

साथै यस अघि सचिवालय बैठकले प्रतिनिधि सभा पुनस्थापनको माग गर्ने निर्णय गरेकाले केन्द्रीय कमिटी बैठकमा प्रतिनिधि पुनःस्थापनाको मुद्दामा पनि छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए । 

आफ्नै सुरक्षा दस्ता
यस्तै पार्टीको केन्द्रीय कमिटी बैठक अवधीभर युवा संघले सुरक्षा दिने युवा संघ नेताहरुले बताएका छन् । शिर्ष नेताहरुलाई मोटरसाइकल र गाडीको स्कर्टिङ गर्दै बैठक स्थल पु¥याउने र बैठक अवधीभर युवासंघले सुरक्षा दिने बताएका छन् । 
त्यसका लागि बैठक परिसरमा मात्रै एक सय भन्दा धेरै युवा संघका कार्यकर्ता खटीने जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा , नेपाली झण्डा ओढाइयो

विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा , नेपाली झण्डा ओढाइयो

श्रद्धाञ्जली दिन विमानस्थल पुगेका इजरायलमा रहेका नेपालीहरू भावविह्वल देखिन्छन् । उनीहरूले पुष्पगुच्छा र खादा अर्पण गरेर जोशीलाई श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता, अध्यक्ष साम्पाङ

श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता, अध्यक्ष साम्पाङ

आइतबार आयोगको कार्यालय पुगेर साम्पाङले पार्टी दर्ताका लागि भौतिक रुपमा सनाखत प्रक्रिया पुरा गरेका हुन । उनले गत असोजमा श्रम संस्कृति पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका...
पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

एमआरआई मेसिन खरिदमा मिलेमतोको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो । ठेकदारसहित १५ जनाविरुद्ध  करिब १४ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने सरकारको निर्णय

निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने सरकारको निर्णय

आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले शान्तिसुरक्षा कायम गर्दै निर्वाचन गर्ने वातावरण बनाउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङलाई अघि बढाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्...