नेभिगेशन
समाज

रामबाघ महलमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुँदै, युवा संघले सुरक्षा दिने

काठमाडौँ । नेकपा (एमाले) को दसौं केन्द्रीय कमिटी बैठक बुधबारबाट ललितपुरमा सुरू हुँदैछ। ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा आज ११ बजेबाट सुरू हुन लागेको हो। 
जेनजी आन्दोलनपछि सत्ताच्यूत भएको एमालेले ११ औँ महाधिवेशनको मिति तय गर्ने छ  । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तीन दिनसम्म चल्ने बैठकको सुरुवातमै अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो घटनाक्रम सहितको राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । 
त्यस लगत्तै केन्द्रीय सदस्यहरुले ओलीको प्रतिवेदनमाथि धारणा राख्ने छन् । जेनजी आन्दोलपछि पार्टी भित्रैबाट ओलीले अध्यक्षले राजीनामा दिनु पर्ने र पार्टी पुनर्गठनको बहस चलिरहेकाले केन्द्रीय सदस्यहरुले यस विषयमा पनि धारणा राख्ने छन् । 

Ncell
Extreme Energy

२०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको एमालेको दसौं महाधिवेशनले बनाएको कार्य समितिको पाँच वर्षको कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । 

साथै यस अघि सचिवालय बैठकले प्रतिनिधि सभा पुनस्थापनको माग गर्ने निर्णय गरेकाले केन्द्रीय कमिटी बैठकमा प्रतिनिधि पुनःस्थापनाको मुद्दामा पनि छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए । 

आफ्नै सुरक्षा दस्ता
यस्तै पार्टीको केन्द्रीय कमिटी बैठक अवधीभर युवा संघले सुरक्षा दिने युवा संघ नेताहरुले बताएका छन् । शिर्ष नेताहरुलाई मोटरसाइकल र गाडीको स्कर्टिङ गर्दै बैठक स्थल पु¥याउने र बैठक अवधीभर युवासंघले सुरक्षा दिने बताएका छन् । 
त्यसका लागि बैठक परिसरमा मात्रै एक सय भन्दा धेरै युवा संघका कार्यकर्ता खटीने जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेलायती उपसभामुख नोक्स र पूर्वउपसभामुख रानाबीच भेटवार्ता, नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता

बेलायती उपसभामुख नोक्स र पूर्वउपसभामुख रानाबीच भेटवार्ता, नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता

पूर्वउपसभामुख एवं प्रतिनिधि सभा सदस्य इन्दिरा रानामगरले बेलायतको संसद् (हाउस अफ कमन) की उपसभामुख क्यारोलिन नोक्ससँग भेट गरेकी छिन् ।
कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै

कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ ।
चार प्रदेशमा भारी वर्षाको सम्भावना

चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशका चार प्रदेशमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।