नेभिगेशन
समाज

किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो बुधबार बिहान ९ः५० बजे भत्किएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भित्तो भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए । उनीहरूमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय सुमरा दराई, गोरखा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ४५ वर्षीय रमेश दमाई र सोही स्थानका ४५ वर्षीय कमल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

Ncell
Extreme Energy

उनीहरूको चितवन मेडिकल कलेजमा उपचारका त्रममा मृत्यु भएको हो । यस्तै घाइते हुनेमा पर्सा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ३९ वर्षीय जीतेन्द्र महतो र ४० वर्षीय अकजप्रसाद थारु रहेका छन् । घाइते दुवैको सोही अस्पतालमा उपचार भइरहेको छभने अवस्था मध्यम रहेको खनालले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चार प्रदेशमा भारी वर्षाको सम्भावना

चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशका चार प्रदेशमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरुद्ध भएको छ । तीन दिनदेखि स्याउ बोकेर हिँडेका गाडी सडकमै थन्किएका छन्...
रसुवासहित पाँच जिल्लाका सडक अवरुद्ध

रसुवासहित पाँच जिल्लाका सडक अवरुद्ध

अविरल वर्षापछिको बाढी पहिरोले पाँच जिल्लाका सडक अवरुद्ध छन् ।