नेभिगेशन
मुख्य समाचार

किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो बुधबार बिहान ९ः५० बजे भत्किएको थियो ।

भित्तो भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए । उनीहरूमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय सुमरा दराई, गोरखा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ४५ वर्षीय रमेश दमाई र सोही स्थानका ४५ वर्षीय कमल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

Dish home
City Express

उनीहरूको चितवन मेडिकल कलेजमा उपचारका त्रममा मृत्यु भएको हो । यस्तै घाइते हुनेमा पर्सा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ३९ वर्षीय जीतेन्द्र महतो र ४० वर्षीय अकजप्रसाद थारु रहेका छन् । घाइते दुवैको सोही अस्पतालमा उपचार भइरहेको छभने अवस्था मध्यम रहेको खनालले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पेट्रोलको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

पेट्रोलको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नयाँ कायम मूल्यअनुसार आज रातिबाट काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर रू १५९, सुर्खेत र दाङमा रू १५८ अन्य क्षेत्रमा रू १५६।५० कायम गरिएको छ ।
नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट

नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट

जारी प्रतियोगिताको ‘सुपर सिक्स’मा आज युएईले सोमाओलाई ७७ रनले पराजित गरेसँगै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यससँगै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुग्न...
विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन(तस्बिरहरु)

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन(तस्बिरहरु)

गाजमा मारिएका विपिन जोशीको सम्झनामा बुधबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।
बिहिबार पुनः बस्ने गरी नेकपा एमालेको केन्द्रीय कमिटीको मंगलबारको बैठक सकियो

बिहिबार पुनः बस्ने गरी नेकपा एमालेको केन्द्रीय कमिटीको मंगलबारको बैठक सकियो

बुधबारबाट ललितपुरमा सुरु बैठकको पहिलो दिन अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति बिषयक बिशेष प्रस्तावमाथि ५० जना सदस्यले धारणा राखेको एमाले प्रचार बिभाग प्रमुख राजेन्द्र...