नेभिगेशन
समाज

पोखरामा १८ औँ भाइटीका महोत्सव आयोजना हुने

गण्डकी । होटल सङ्घ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औँ भाइटीका महोत्सव २०८२ आयोजना गर्ने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

Ncell
Extreme Energy

पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित हुन पुगेको बताउँदै उनले महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

महोत्सवका संयोजक एवं सङ्घका उपाध्यक्ष गणेशराज पहारीका अनुसार महोत्सवमा विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्‍याएर समेत टीका लगाउन आउने अपेक्षा गरिएको छ । महोत्सवमा तिहारको महत्व, दीपावली तथा तिहारका पाँचै दिनका बारेमा सहभागी पर्यटकलाई जानकारी दिइने आयोजकले जनाएको छ ।

पहारीले भने, “तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय लिएको यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको छ”,।

लेकसाइडस्थित होटल पौवामा हुने महोत्वलाई महोत्सवलाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवर्द्धन गरेका छन् । महोत्सवलाई गोर्खा बियर र सोमरसबीले सघाएको सङ्घले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हतियार देखाएर नगद र मोबाइल लुट्ने ४ जना पक्राउ

हतियार देखाएर नगद र मोबाइल लुट्ने ४ जना पक्राउ

सूर्यविनायक नगरपालिका–४ अनन्त लिङ्गेश्वरस्थित खड्का गाउँमा बा २ ज ८६४२ नम्बरको ट्याक्सी चालकलाई मङ्गलबार धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर...
लागुऔषधसहित २५ जना पक्राउ

लागुऔषधसहित २५ जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार ललितपुर महानगरपालिका–४ नक्खु दोबाटोबाट दुई, धादिङको गजुरी गाउँपालिका–२ चाम्वासबाट एक, सिरहा नगरपालिका–२१ पिपरा टोलबाट दुई, झापाको दमक नगरपालिका–१ मामाचोकस्थित खोटाङ होटलबाट चार र सप्तरीको...
मधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशा

मधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशा

प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासन र विकासलाई मुख्य नारा बनाएको र सामाजिक सञ्जाल तथा एल्गोरिदमको प्रभावकारी प्रयोग गरेको उल्लेख गर्दै जसपा नेपालको राष्ट्रिय राजनीतिमा पहुँच र भूमिका निकै...
शनिबारसम्म वर्षा, त्यसपछि मौसम खुल्दै जाने सम्भावना

शनिबारसम्म वर्षा, त्यसपछि मौसम खुल्दै जाने सम्भावना

उनका अनुसार शनिबारसम्म वर्षाको क्रम जारी रहनेछ। त्यसपछि एक–दुई स्थानमा छिटपुट वर्षा भए पनि अधिकांश ठाउँमा मौसम खुल्दै जाने र दसैँको अनुभूति हुने सम्भावना छ।