नेभिगेशन
मुख्य समाचार

संसद विघटन गर्न हुन्न भन्नेहरुले नै प्रतिगमन गरे: केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीमाथि कटाक्ष गरेका छन् । 
असंवैधानिक ढंगले संसद विघटन गर्न हुँदैन भनेर फैसला गर्नेहरुले नै अहिले असंवैधानिक तरिकाले विघटन   गराएर प्रतिगमन गरेको बताएका हुन् । 

ओलीले सुशीला कार्की असंवैधानिक ढंगले प्रधानमन्त्री बनेको र संसद् विघटन समेत असंवैधानिक तरिकाले गरेको दाबी गरे । असंवैधानिक ढंगले संसद विघटन गर्नुहुँदैन भन्ने फैसला गर्नेहरुलेनै अहिले आफैंले असंवैधानिक तरिकाले विघटन गर्ने काम योजनाअन्तर्गत गरिएको प्रतिगमन भएको बताए ।

Dish home
City Express

उनले संसद् मान्दैनौ, व्यवस्था मान्दैनौँ, व्यवस्था नै फेर्नुपर्छ भनेर वर्षौँ अघिदेखि भन्दै आएकाहरूले भदौ २३, २४ को घटना गराएका दाबी गरे । 

सर्वोच्च अदालतले यस अघि नै नजिर कायम गरिसकेकोले अहिलेको संसद् विघटन ठिक छ भनेर सोच्ने पनि नसकिने ओलीले बताए । तानासाही र अधिनायकवादलाई फालेर लोकतन्त्र स्थापना गरिएको उल्लेख गर्दै ओलीले अहिलेको असहज अवस्थामा पनि एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिकिर गरे । लोकतन्त्र राज्यले ल्याइदिएको नभई जनताले ल्याएको बताउँदै ओलीले अब यसको रक्षा जनताबाट नै हुनुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
देशलाई केन्द्रमा राखेर राजनीतिक शक्तिहरूका बीचमा राष्ट्रिय सहमति आवश्यक रहेको राप्रपाको निष्कर्ष

देशलाई केन्द्रमा राखेर राजनीतिक शक्तिहरूका बीचमा राष्ट्रिय सहमति आवश्यक रहेको राप्रपाको निष्कर्ष

बुधबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देश गम्भीर ढङ्गबाट भूराजनीतिक चक्रव्यूहमा फस्दै गएको, अनिर्णयको बन्दी बन्दै गएको, नेपालको निर्णायकत्व नेपाली जनताको हातबाट गुम्दै...
सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरालाई थुनामा राख्न आदेश

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरालाई थुनामा राख्न आदेश

सुन तस्करी प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।
सरकार गठन र संसद विघटन विरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता

सरकार गठन र संसद विघटन विरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता

दर्ता भएका १० वटा रिटमाथि सुनुवाइका लागि कात्तिक १२ गते सवैधानिक इजलसामा सुनुवाईका लागि पेसी तोकिएको सर्वोच्च प्रसाशनले जनाएको छ ।
विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर कार्यबाहक सभापति खड्कालाई बुझाइयो

विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर कार्यबाहक सभापति खड्कालाई बुझाइयो

बुधबार पार्टी कार्यालय सानेपामा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर बुझाइएको हो ।