नेभिगेशन
मुख्य समाचार

विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैनः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सन नसक्ने बताए । प्रधानमन्त्री कार्कीले बुधबार जारी गरिएको समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख छ । 

 “उहाँ त अब हामीमाझ रहनुभएन, तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौँ साथीहरूको ज्यान बचाउनुभएको कुराले हामी सबैलाई उहाँप्रति सदा कृतज्ञ बनाएको छ”, समवेदनामा भनिएको छ, “उहाँको यो वीरतापूर्ण कार्य, उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैँ नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ ।”
      
बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच नेपाली विद्यार्थी विपिन जोशीको दुःखद् मृत्यु पुष्टि हुनेगरी मङ्गलबार आएको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै समवेदनामा भनिएको छ, “यो हृदयविदारक समाचारले सबैलाई गहिरो पीडा दिएको छ, म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

Dish home
City Express

समवेदनामा जोशी केवल एक विद्यार्थी मात्र नभई ज्ञानको खोजीमा विदेशिएका हजारौँ नेपाली युवाको उज्ज्वल प्रतिनिधि भएको उल्लेख गर्दै भनिएको छ, “उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो, उहाँ सकुशल फर्किएर नेपालको विकासमा महत्त्वपूर्ण योगदान दिनुहुनेछ भन्ने हाम्रो कामना थियो ।”
      
सदा शान्ति पक्षधर नेपालको छोरा अन्तरराष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बनी अपहरण भएको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका समवेदनामा छ । जोशीकोे निधनको खबरले दुई वर्षको सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन(तस्बिरहरु)

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन(तस्बिरहरु)

गाजमा मारिएका विपिन जोशीको सम्झनामा बुधबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।
बिहिबार पुनः बस्ने गरी नेकपा एमालेको केन्द्रीय कमिटीको मंगलबारको बैठक सकियो

बिहिबार पुनः बस्ने गरी नेकपा एमालेको केन्द्रीय कमिटीको मंगलबारको बैठक सकियो

बुधबारबाट ललितपुरमा सुरु बैठकको पहिलो दिन अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति बिषयक बिशेष प्रस्तावमाथि ५० जना सदस्यले धारणा राखेको एमाले प्रचार बिभाग प्रमुख राजेन्द्र...
जलविद्युत् आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौँः मन्त्री  घिसिङ

जलविद्युत् आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौँः मन्त्री  घिसिङ

आयोगको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन आज बुझ्दै मन्त्री घिसिङले जलविद्युत् आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार दर तय गर्नुपर्ने आवश्यकता...
देशलाई केन्द्रमा राखेर राजनीतिक शक्तिहरूका बीचमा राष्ट्रिय सहमति आवश्यक रहेको राप्रपाको निष्कर्ष

देशलाई केन्द्रमा राखेर राजनीतिक शक्तिहरूका बीचमा राष्ट्रिय सहमति आवश्यक रहेको राप्रपाको निष्कर्ष

बुधबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देश गम्भीर ढङ्गबाट भूराजनीतिक चक्रव्यूहमा फस्दै गएको, अनिर्णयको बन्दी बन्दै गएको, नेपालको निर्णायकत्व नेपाली जनताको हातबाट गुम्दै...

भर्खरै