नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री कार्कीसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Dish home
City Express

उक्त भेटमा प्रधानमन्त्री कार्कीले यो असामान्य परिस्थितिमा बनेको सरकारका मुख्य प्राथमिकता एवं जिम्मेवारी सुशासन र निर्वाचन रहेका बताउँदै तोकिएको समयमै स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

नेपाल र बेलायतबीचको सम्बन्ध ऐतिहासिककालदेखि सौहार्दपूर्ण रहेको र आगामी दिनमा थप प्रगाढ बनाउने विषयमा पनि छलफल भएको थियो । सो अवसरमा बेलायती राजदूतले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोगका लागि बेलायत सरकार तयार रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन(तस्बिरहरु)

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन(तस्बिरहरु)

गाजमा मारिएका विपिन जोशीको सम्झनामा बुधबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।
बिहिबार पुनः बस्ने गरी नेकपा एमालेको केन्द्रीय कमिटीको मंगलबारको बैठक सकियो

बिहिबार पुनः बस्ने गरी नेकपा एमालेको केन्द्रीय कमिटीको मंगलबारको बैठक सकियो

बुधबारबाट ललितपुरमा सुरु बैठकको पहिलो दिन अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति बिषयक बिशेष प्रस्तावमाथि ५० जना सदस्यले धारणा राखेको एमाले प्रचार बिभाग प्रमुख राजेन्द्र...
जलविद्युत् आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौँः मन्त्री  घिसिङ

जलविद्युत् आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौँः मन्त्री  घिसिङ

आयोगको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन आज बुझ्दै मन्त्री घिसिङले जलविद्युत् आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार दर तय गर्नुपर्ने आवश्यकता...
देशलाई केन्द्रमा राखेर राजनीतिक शक्तिहरूका बीचमा राष्ट्रिय सहमति आवश्यक रहेको राप्रपाको निष्कर्ष

देशलाई केन्द्रमा राखेर राजनीतिक शक्तिहरूका बीचमा राष्ट्रिय सहमति आवश्यक रहेको राप्रपाको निष्कर्ष

बुधबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देश गम्भीर ढङ्गबाट भूराजनीतिक चक्रव्यूहमा फस्दै गएको, अनिर्णयको बन्दी बन्दै गएको, नेपालको निर्णायकत्व नेपाली जनताको हातबाट गुम्दै...

भर्खरै