नेभिगेशन
मुख्य समाचार

विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर कार्यबाहक सभापति खड्कालाई बुझाइयो

काठमाडौँ । नेपाली कांग्रेसका १४औं महाधिवेशन प्रतिनिधिहरुले पार्टीको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर बुझाइएको हो ।

Dish home
City Express

कांग्रेस नेता गुरुराज घिमिरेले १४औं महाधिवेशनका २२ सय ८८ प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दै गरेको हस्ताक्षर बुझाइएको जानकारी दिए ।

विधानको धारा १७ (२) बमोजिम महाधिवशेनका ४० प्रतिशत प्रतिनिधिहरुले कारण खुलाइ विशेष महाधिवेशनको माग गरेमा निवेदन परेको तीन महिनाभित्र बोलाउनुपर्ने बैधानिक प्रावधान रहेको उनले बताए ।

नेता घिमिरेले पार्टीको केन्द्रीय समितिले आफुहरुको हस्ताक्षर निवेदनका बिषयमा उचित निर्णय लिने धारणा व्यक्त गरेका छन् । उनले नियमित महाधिवेशनको तयारीका लागि पार्टीले अग्रसरता नलिएकाले बैधानिक रुपमा महाधिवशेन गर्न आफुहरुले बाटो खोलिदिएको तर्क गरेका छन् ।

घिमिरेले आगामी निर्वाचनको तयारीका लागि पनि मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने आफुहरुको मत रहेको उल्लेख गरे । यसअघि विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका युवा नेताहरुले हस्ताक्षर अभियान चलाएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन(तस्बिरहरु)

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन(तस्बिरहरु)

गाजमा मारिएका विपिन जोशीको सम्झनामा बुधबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।
बिहिबार पुनः बस्ने गरी नेकपा एमालेको केन्द्रीय कमिटीको मंगलबारको बैठक सकियो

बिहिबार पुनः बस्ने गरी नेकपा एमालेको केन्द्रीय कमिटीको मंगलबारको बैठक सकियो

बुधबारबाट ललितपुरमा सुरु बैठकको पहिलो दिन अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति बिषयक बिशेष प्रस्तावमाथि ५० जना सदस्यले धारणा राखेको एमाले प्रचार बिभाग प्रमुख राजेन्द्र...
जलविद्युत् आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौँः मन्त्री  घिसिङ

जलविद्युत् आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौँः मन्त्री  घिसिङ

आयोगको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन आज बुझ्दै मन्त्री घिसिङले जलविद्युत् आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार दर तय गर्नुपर्ने आवश्यकता...
देशलाई केन्द्रमा राखेर राजनीतिक शक्तिहरूका बीचमा राष्ट्रिय सहमति आवश्यक रहेको राप्रपाको निष्कर्ष

देशलाई केन्द्रमा राखेर राजनीतिक शक्तिहरूका बीचमा राष्ट्रिय सहमति आवश्यक रहेको राप्रपाको निष्कर्ष

बुधबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देश गम्भीर ढङ्गबाट भूराजनीतिक चक्रव्यूहमा फस्दै गएको, अनिर्णयको बन्दी बन्दै गएको, नेपालको निर्णायकत्व नेपाली जनताको हातबाट गुम्दै...

भर्खरै