नेभिगेशन
समाज
Breaking

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरालाई थुनामा राख्न आदेश

काठमाडौँ । सुन तस्करी प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार पक्राउ परेको महराको मंगलबार र बुधबार न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा थुनछेक भएको थियो । आज भएको थुनछेक बहस पछि भएको आदेशसँगै उनलाई जगन्नाथदेवल कारागार पठाइएको जनाइएको छ । 

Ncell
Extreme Energy

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको थियो।  

२०७९ पुस १० मा फ्लाई दुबईको विमानमार्फत काठमाडौँ आएका चिनियाँ लिन हानसोङले २ वटा सुटकेशमा ल्याएको विद्युतीय चुरोट(भेप) भित्र ९ किलो सुन तस्करी भएको भेटिएको थियो । उक्त सुन भन्सारबाट छुटाउन महराले भन्सारका कर्मचारीलाई दबाब दिएका थिए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणसम्बन्धी २४ बुँदे विशेष प्रस्ताव पारित गरेको...
बाढी प्रभावित रसुवामा सरकारले ७८ प्रतिशत घरमा पुर्‍यायो विजुली

बाढी प्रभावित रसुवामा सरकारले ७८ प्रतिशत घरमा पुर्‍यायो विजुली

भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप सक्रियता देखाएको छ ।
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

“तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर...

भर्खरै