नेभिगेशन
मुख्य समाचार
Breaking

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरालाई थुनामा राख्न आदेश

काठमाडौँ । सुन तस्करी प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । 

आइतबार पक्राउ परेको महराको मंगलबार र बुधबार न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा थुनछेक भएको थियो । आज भएको थुनछेक बहस पछि भएको आदेशसँगै उनलाई जगन्नाथदेवल कारागार पठाइएको जनाइएको छ । 

Dish home
City Express

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको थियो।  

२०७९ पुस १० मा फ्लाई दुबईको विमानमार्फत काठमाडौँ आएका चिनियाँ लिन हानसोङले २ वटा सुटकेशमा ल्याएको विद्युतीय चुरोट(भेप) भित्र ९ किलो सुन तस्करी भएको भेटिएको थियो । उक्त सुन भन्सारबाट छुटाउन महराले भन्सारका कर्मचारीलाई दबाब दिएका थिए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन(तस्बिरहरु)

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन(तस्बिरहरु)

गाजमा मारिएका विपिन जोशीको सम्झनामा बुधबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।
बिहिबार पुनः बस्ने गरी नेकपा एमालेको केन्द्रीय कमिटीको मंगलबारको बैठक सकियो

बिहिबार पुनः बस्ने गरी नेकपा एमालेको केन्द्रीय कमिटीको मंगलबारको बैठक सकियो

बुधबारबाट ललितपुरमा सुरु बैठकको पहिलो दिन अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति बिषयक बिशेष प्रस्तावमाथि ५० जना सदस्यले धारणा राखेको एमाले प्रचार बिभाग प्रमुख राजेन्द्र...
जलविद्युत् आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौँः मन्त्री  घिसिङ

जलविद्युत् आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौँः मन्त्री  घिसिङ

आयोगको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन आज बुझ्दै मन्त्री घिसिङले जलविद्युत् आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार दर तय गर्नुपर्ने आवश्यकता...
देशलाई केन्द्रमा राखेर राजनीतिक शक्तिहरूका बीचमा राष्ट्रिय सहमति आवश्यक रहेको राप्रपाको निष्कर्ष

देशलाई केन्द्रमा राखेर राजनीतिक शक्तिहरूका बीचमा राष्ट्रिय सहमति आवश्यक रहेको राप्रपाको निष्कर्ष

बुधबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देश गम्भीर ढङ्गबाट भूराजनीतिक चक्रव्यूहमा फस्दै गएको, अनिर्णयको बन्दी बन्दै गएको, नेपालको निर्णायकत्व नेपाली जनताको हातबाट गुम्दै...

भर्खरै