नेभिगेशन
मुख्य समाचार

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताइन।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधिमण्डलसँगको संयुक्त बैठकमा उनले अदालतको सेवा रोक्न नहुने धारणा व्यक्त गरिन ।

Dish home
City Express

काठमाडौँ जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्थाका लागि बैठकमा छलफल भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित भवन उपलब्ध गराउन आग्रह गरेका थिए । सो सन्दर्भमा प्रधानमन्त्री कार्कीले अदालतको सेवा रोक्न नमिल्ने भएकाले प्राधिकरणको भवन उपलब्ध गराउन निर्देशन दिएकी थिइन ।

प्राधिकरणले तत्कालका लागि सशर्त भवन उपलब्ध गराउने समझदारी बनेको छ । अदालत र प्राधिकरणबीच समझदारी गरी भवन उपलब्ध गराउन प्रधानमन्त्री कार्कीले निर्देशन दिइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी हुन् सरकारले फिर्ता बोलाएका अमेरिका सहित ११ देशका राजदूत

यी हुन् सरकारले फिर्ता बोलाएका अमेरिका सहित ११ देशका राजदूत

सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलका अनुसार संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत लोकदशर्न रेग्मी, जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदी, चीनका लागि नेपाली राजदूत  प्राध्यापक डाक्टर...
स्वरुप परिवर्तन गर्दै चलाइएका सयबढी मोटरसाइकल प्रहरी नियन्त्रण

स्वरुप परिवर्तन गर्दै चलाइएका सयबढी मोटरसाइकल प्रहरी नियन्त्रण

बिहीबार अभियान नै सञ्चाल गरेर स्वरुप परिवर्तनका साथै ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
निर्वाचनको वातावरण बनाउन सरकारलाई दलहरुको सुझाव

निर्वाचनको वातावरण बनाउन सरकारलाई दलहरुको सुझाव

बिहीबार काठमाडौंमा आगामी निर्वाचनका सम्दर्भमा राजनीतिक दलहरुसंग छलफल गर्दै आयोगले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दललाई आग्रह गरेको हो ।
काठमाडौंमा ठूलो आवाजले समाजमा अराजक फैलाउने एक सयबढी मोटरसाइकल प्रहरीको नियन्त्रणमा(तस्बिरहरु)

काठमाडौंमा ठूलो आवाजले समाजमा अराजक फैलाउने एक सयबढी मोटरसाइकल प्रहरीको नियन्त्रणमा(तस्बिरहरु)

काठमाडौं उपत्यकाको विभिन्न स्थाहरूबाट मोटरसाइकलको स्वरूप वा संरचना परिवर्तन गरी ठूलो आवाज निकाली समाजमा अराजक फैलाउने एक सय भन्दा बढी मोटरसाइकल उपत्यका ट्राफिक प्रहरी कार्यालय नियन्त्रणमा लिएको छ...