नेभिगेशन
समाज

निर्वाचनबाहेक अर्को उत्तम विकल्प छैनः संयोजक प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको अवस्थामा निर्वाचनबाहेक अर्को उत्तम विकल्प नरहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्थाले अब निर्वाचनबाहेक अर्को उत्तम विकल्प नदिएको स्पष्ट पार्दै सबै दलहरू निर्वाचनतर्फ उन्मुख हुनुपर्ने बताए ।

Ncell
Extreme Energy

प्रचण्डले अहिले निर्वाचन होला की नहोला भन्ने आशंका उत्पन्न हुनु स्वभाविक भएपनि तोकिएको समयमा निर्वाचन हुने भएकाले त्यसको तयारी गर्न नेता कार्यकतालाई निर्देशन समेत दिएका हुन ।

पार्टीभित्रको अन्तरविरोधका बारेमा चिन्ता नलिन आग्रह गर्दै उनले पार्टी एकढिक्का भएर अघि बढ्ने स्पष्ट पारेका थिए । माओवादी केन्द्र अहिले ट्रयाकमा आएको उनको भनाइ छ ।

पार्टी एकताको सन्दर्भमा संयोजक प्रचण्डले लामो समयदेखि छलफलमा रहेको वाम एकता अब निष्कर्षमा पुग्न लागेको जानकारी दिए । समाजवादी मोर्चाभित्रको पार्टी एकता पहिलो चरणमा हुने उल्लेख गर्दै प्रचण्डले केहिदिनमा घोषणा समेत हुने जिकिर गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।
कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि तोकिएको मतदानको समय सरेको छ ।
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतसहित स्वीकृत भएको छ ।
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।

भर्खरै