नेभिगेशन
समाज

ट्रम्पको टिप्पणीपछि भारतको स्पष्ट भनाइ — ‘ऊर्जा नीतिमा उपभोक्ताको हित नै पहिलो प्राथमिकता’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसी तेल खरिद बन्द गर्ने वाचा गरेको दाबी गरेपछि भारत सरकारले बिहीबार आफ्नो ऊर्जा नीति सधैँ आफ्ना नागरिकहरूको हितमा केन्द्रित हुने स्पष्ट वक्तव्य जारी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले विज्ञप्ति जारी गर्दै भनेका छन्, “अस्थिर ऊर्जा बजार र जटिल भू–राजनीतिक परिदृश्यमा भारतीय उपभोक्ताको हितको रक्षा गर्नु नै हाम्रो निरन्तर प्राथमिकता हो । हाम्रो आयात नीति पूर्ण रूपमा यही उद्देश्यद्वारा निर्देशित छ ।”

Ncell
Extreme Energy

भारतले अहिलेसम्म रुसतर्फको आफ्नो नीतिमा कुनै परिवर्तन भएको न त पुष्टि गरेको छ न त अस्वीकार । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन युद्धका बीच पनि रुससँगको ऐतिहासिक साझेदारी कायम राख्दै मस्कोबाट तेल खरिद गर्ने निर्णयलाई उचित ठहर गरेका थिए ।

ट्रम्पले केही समयअघि भारतले रुसी तेल खरिद बन्द गर्ने वाचा गरेको बताएका थिए । तर नयाँदिल्लीले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

अमेरिकी प्रशासन र भारतबीचको व्यापारिक सम्बन्ध पनि हाल केही तनावपूर्ण बनेको छ । गत अगस्टमा राष्ट्रपति ट्रम्पले भारतबाट अमेरिकामा हुने निर्यातमा कर ५० प्रतिशतसम्म बढाएका थिए । त्यसपछि उनका सहयोगीहरूले भारतमाथि युक्रेनमा रुसको युद्धलाई अप्रत्यक्ष रूपमा सहयोग गरेको आरोप लगाएका थिए ।

यसबीच प्रवक्ता जायसवालले पुनः दोहोर्‍याएर भने, “ऊर्जाको स्थिर मूल्य र सुरक्षित आपूर्ति सुनिश्चित गर्नु हाम्रो ऊर्जा नीतिका मुख्य दुई उद्देश्य हुन् । यसका लागि हामीले ऊर्जा स्रोतहरूको विविधीकरणलाई निरन्तर प्राथमिकता दिएका छौँ ।”

भारत विश्वकै सबैभन्दा ठूलो कच्चा तेल आयातकर्तामध्ये एक हो । भारतले आफ्नो कुल तेल आवश्यकताको करिब ८५ प्रतिशत विदेशी आपूर्तिकर्ताबाट पूर्ति गर्छ । नयाँदिल्ली परम्परागत रूपमा मध्यपूर्वका देशहरू — साउदी अरब, इरान र संयुक्त अरब इमिरेट्स — मा निर्भर रहँदै आएको छ ।

तर सन् २०२२ पछि पश्चिमी राष्ट्रहरूले मस्कोमाथि लगाएका प्रतिबन्धहरूका कारण रूसी तेलमा मूल्य घटेपछि भारतले त्यसको अवसर उठाउँदै आफ्नो आयात स्रोतलाई उल्लेखनीय रूपमा रूसी बजारतिर मोडेको थियो ।

जायसवालले भने, “जहाँसम्म अमेरिकाको कुरा छ, भारतले विगतका वर्षहरूमा ऊर्जाको खरिद र आपूर्ति विस्तारमा निरन्तर प्रगति गरेको छ । पछिल्लो दशकमा द्विपक्षीय ऊर्जा सहकार्य उल्लेखनीय रूपमा गहिरिएको छ र हाल पनि वर्तमान अमेरिकी प्रशासनसँग सहयोगका सम्भावनाहरूबारे सक्रिय छलफल जारी छ ।”

भारतले विगतका वर्षहरूमा तेल, ग्यास र नवकरणीय ऊर्जामा विविध साझेदारी विस्तार गर्दै आएको छ । सरकारका अनुसार दीर्घकालीन लक्ष्य भारतको ऊर्जा सुरक्षालाई सुनिश्चित गर्नु र आफ्ना जनतालाई सस्तो, स्थिर र भरपर्दो ऊर्जाको पहुँच दिलाउनु हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तोलामा रु दुई हजार ९०० बढ्यो सुनको मूल्य

तोलामा रु दुई हजार ९०० बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९५ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४०५ कायम भएको...
पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।
उखु किसानलाई डेढ अर्ब अनुदान दिन कृषिमन्त्री चौधरीले स्वीकृत गरिन् कार्यविधि

उखु किसानलाई डेढ अर्ब अनुदान दिन कृषिमन्त्री चौधरीले स्वीकृत गरिन् कार्यविधि

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गर्न कार्यविधि स्वीकृत गरेकी छिन् ।
कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी

कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसालेका छन् ।

भर्खरै