नेभिगेशन
मुख्य समाचार

ट्रम्पको टिप्पणीपछि भारतको स्पष्ट भनाइ — ‘ऊर्जा नीतिमा उपभोक्ताको हित नै पहिलो प्राथमिकता’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसी तेल खरिद बन्द गर्ने वाचा गरेको दाबी गरेपछि भारत सरकारले बिहीबार आफ्नो ऊर्जा नीति सधैँ आफ्ना नागरिकहरूको हितमा केन्द्रित हुने स्पष्ट वक्तव्य जारी गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले विज्ञप्ति जारी गर्दै भनेका छन्, “अस्थिर ऊर्जा बजार र जटिल भू–राजनीतिक परिदृश्यमा भारतीय उपभोक्ताको हितको रक्षा गर्नु नै हाम्रो निरन्तर प्राथमिकता हो । हाम्रो आयात नीति पूर्ण रूपमा यही उद्देश्यद्वारा निर्देशित छ ।”

CG

भारतले अहिलेसम्म रुसतर्फको आफ्नो नीतिमा कुनै परिवर्तन भएको न त पुष्टि गरेको छ न त अस्वीकार । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन युद्धका बीच पनि रुससँगको ऐतिहासिक साझेदारी कायम राख्दै मस्कोबाट तेल खरिद गर्ने निर्णयलाई उचित ठहर गरेका थिए ।

ट्रम्पले केही समयअघि भारतले रुसी तेल खरिद बन्द गर्ने वाचा गरेको बताएका थिए । तर नयाँदिल्लीले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

अमेरिकी प्रशासन र भारतबीचको व्यापारिक सम्बन्ध पनि हाल केही तनावपूर्ण बनेको छ । गत अगस्टमा राष्ट्रपति ट्रम्पले भारतबाट अमेरिकामा हुने निर्यातमा कर ५० प्रतिशतसम्म बढाएका थिए । त्यसपछि उनका सहयोगीहरूले भारतमाथि युक्रेनमा रुसको युद्धलाई अप्रत्यक्ष रूपमा सहयोग गरेको आरोप लगाएका थिए ।

यसबीच प्रवक्ता जायसवालले पुनः दोहोर्‍याएर भने, “ऊर्जाको स्थिर मूल्य र सुरक्षित आपूर्ति सुनिश्चित गर्नु हाम्रो ऊर्जा नीतिका मुख्य दुई उद्देश्य हुन् । यसका लागि हामीले ऊर्जा स्रोतहरूको विविधीकरणलाई निरन्तर प्राथमिकता दिएका छौँ ।”

भारत विश्वकै सबैभन्दा ठूलो कच्चा तेल आयातकर्तामध्ये एक हो । भारतले आफ्नो कुल तेल आवश्यकताको करिब ८५ प्रतिशत विदेशी आपूर्तिकर्ताबाट पूर्ति गर्छ । नयाँदिल्ली परम्परागत रूपमा मध्यपूर्वका देशहरू — साउदी अरब, इरान र संयुक्त अरब इमिरेट्स — मा निर्भर रहँदै आएको छ ।

तर सन् २०२२ पछि पश्चिमी राष्ट्रहरूले मस्कोमाथि लगाएका प्रतिबन्धहरूका कारण रूसी तेलमा मूल्य घटेपछि भारतले त्यसको अवसर उठाउँदै आफ्नो आयात स्रोतलाई उल्लेखनीय रूपमा रूसी बजारतिर मोडेको थियो ।

जायसवालले भने, “जहाँसम्म अमेरिकाको कुरा छ, भारतले विगतका वर्षहरूमा ऊर्जाको खरिद र आपूर्ति विस्तारमा निरन्तर प्रगति गरेको छ । पछिल्लो दशकमा द्विपक्षीय ऊर्जा सहकार्य उल्लेखनीय रूपमा गहिरिएको छ र हाल पनि वर्तमान अमेरिकी प्रशासनसँग सहयोगका सम्भावनाहरूबारे सक्रिय छलफल जारी छ ।”

भारतले विगतका वर्षहरूमा तेल, ग्यास र नवकरणीय ऊर्जामा विविध साझेदारी विस्तार गर्दै आएको छ । सरकारका अनुसार दीर्घकालीन लक्ष्य भारतको ऊर्जा सुरक्षालाई सुनिश्चित गर्नु र आफ्ना जनतालाई सस्तो, स्थिर र भरपर्दो ऊर्जाको पहुँच दिलाउनु हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हेलिपोर्ट निमार्णमा भ्रष्टाचार आरोपीत महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान

हेलिपोर्ट निमार्णमा भ्रष्टाचार आरोपीत महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान

आरोप पत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारी, तत्कालीन उपप्रबन्धक हालका प्रबन्धक विक्रम थापा, तत्कालीन वरिष्ठ अधिकृत तथा हालका उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त...
पोखरा विमानस्थलमा भ्रष्टाचारः निर्माण कम्पनीसहित ५५ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर

पोखरा विमानस्थलमा भ्रष्टाचारः निर्माण कम्पनीसहित ५५ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर

स्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरु स्व. पोष्ट बहादुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दिपक चन्द्र अमात्य, तत्कालीन अर्थ मन्त्री राम शरण महत, तत्कालीन...
हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन

हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन

सर्वोच्चको अल्पकालिन पत्र कार्यालयमा आधिकारिक रुपमा नआएकाले हिजो शनिबार करिब ७ किलोमिटर क्षेत्रमा घरटहरा भत्काउने कार्य भएको थियो । तथ्यांक अनुसार हेटौंडा बजार क्षेत्रको ९.५ किलोमिटर क्षेत्रमा ५३१...
चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

रकेट दिउँसो ३ः५३ बजे उड्यो र उपग्रहहरूलाई सफलतापूर्वक आफ्नो कक्षामा पुर्‍यायो । लङ मार्च–८ए रकेट ५०.५ मिटर लामो र ३७१ टन तौलको छ । यसले ७०० किलोमिटर उचाइमा...

भर्खरै