नेभिगेशन
मुख्य समाचार

आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् ।

प्रधानमन्त्री कार्कीले बिहीबार स्वास्थ्य सचिव डा विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन दिएकी हुन ।

Dish home
City Express

स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारीमा रहनुभएका उनलाई आन्दोलनको विषय बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिइन । 

देशमा रहेका दक्ष जनशक्तिलाई अत्यन्तै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएकाले उनीहरुको समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने प्रधानमन्त्री कार्कीले बताइन । 

स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाँचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलनमा छन् ।

त्यस्तै, मन्त्रालयले गत मङ्सिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक ३४ हजार ७३० रुपैयाँ हुनुपर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पार्टीको पन्ध्रौँ महाधिवेशनका सम्बन्धमा नेतृत्व गम्भीर हुनुपर्ने कांग्रेसका केन्द्रीय सदस्यहरुको सुझाव

पार्टीको पन्ध्रौँ महाधिवेशनका सम्बन्धमा नेतृत्व गम्भीर हुनुपर्ने कांग्रेसका केन्द्रीय सदस्यहरुको सुझाव

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनीहरुले पार्टीको पन्ध्रौँ महाधिवेशन तयारी सम्बन्धमा नेतृत्व गम्भीर हुनुपर्ने र छिटो भन्दा छिटो पार्टीको नियमित महाधिवेशन हुनुपर्ने सुझाव दिएको प्रवक्ता डा प्रकाशशरण...
संविधानलाई ट्रयाकमा ल्याउने एकमात्र सहज बाटो संसद पुनस्र्थापना रहेको एमालेको निष्कर्ष

संविधानलाई ट्रयाकमा ल्याउने एकमात्र सहज बाटो संसद पुनस्र्थापना रहेको एमालेको निष्कर्ष

बिहीबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति बिषयक बिशेष प्रस्तावमाथि १ सय ३४ जना सदस्यहरुले धारणा राखेको एमाले प्रचार बिभाग प्रमुख राजेन्द्र...
सहकारीपीडितको समस्या समाधानका लागि प्रधानमन्त्रीले थालिन पहल

सहकारीपीडितको समस्या समाधानका लागि प्रधानमन्त्रीले थालिन पहल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ,  सङ्कटग्रस्त समस्या समाधान समितिका...
यी हुन् सरकारले फिर्ता बोलाएका अमेरिका सहित ११ देशका राजदूत

यी हुन् सरकारले फिर्ता बोलाएका अमेरिका सहित ११ देशका राजदूत

सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलका अनुसार संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत लोकदशर्न रेग्मी, जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदी, चीनका लागि नेपाली राजदूत  प्राध्यापक डाक्टर...

भर्खरै