नेभिगेशन
मुख्य समाचार

सञ्चारमन्त्री खरेल ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित भएका छन् ।

हरिप्रसाद कल्याणी रिमाल नाट्य प्रतिष्ठानले बिहीबार जमलस्थित राष्ट्रिय नाचघरमा अयोजना गरेको नाट्यसङ्गीत एवं सञ्चार सेवा सम्मान तथा पुरस्कार वितरण समारोहमा मन्त्री खरेललाई उक्त सम्मान प्रदान गरिएको हो ।

Dish home
City Express

संस्थाका अध्यक्ष प्राडा वासुदेव त्रिपाठीले मन्त्री खरेललाई दोसल्ला ओढाएर ताम्रपत्र र नगदसहित सम्मान गरेका हुन । सञ्चारमन्त्री खरेललाई पत्रकारिता विधामा खासगरी टेलिभिजन पत्रकारिताका माध्यमबाट मुलुक र जनताको आवाजलाई मुखरित गरी जनताको सच्चा पहरेदारी र पैरवी गरेबापत उक्त सम्मान प्रदान गरिएको हो ।

अढाइ दशकदेखि पत्रकारिता र सञ्चारकर्ममा क्रियाशील खरेलको नेपाली पत्रकारितालाई नयाँ उचाइमा स्थापित गर्न महत्त्वपूर्ण योगदान रहेको छ ।

त्यसैगरी ‘हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्यसङ्गीत सम्मान’बाट वरिष्ठ गायिका मीरा राणा र धिरज राई सम्मानित भएका छन् । रेडियो नेपालका प्रथम गायक, अभिनेता तथा रङ्गकर्मी स्वर्गीय हरिप्रसाद रिमालको साथमा उनकी धर्मपत्नी कल्याणी रिमालका नाममा स्थापित उक्त पुरस्कार तथा सम्मान सङ्गीत, नाट्य तथा सञ्चार क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने विभिन्न व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ ।

सो अवसरमा सञ्चारमन्त्री खरेलले सञ्चार कर्म गरेबापत प्राप्त सम्मानले थप ऊर्जा र प्रेरणा मिलेको बताए । उनले भने, “म यहाँ मन्त्रीका रूपमा आएको छैन । असोज ५ गतेसम्मको क्रियाशील सञ्चारकर्मी हुँ ।

अहिले भूमिका फरक भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेको छु । गरिमामय संस्थाबाट सञ्चारकर्मीकै नाताले यति ठूलो सम्मान ग्रहण गर्ने निधो गरेँ ।”

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले अबको पाँच महिनाभित्र जेनजी आन्दोलनको भावनाअनुरुप गर्नुपर्ने काम पूरा गर्न अहोरात्र खटिने उल्लेख गरे ।

उनले भने, “अबको पाँच महिनाको अवधिभित्र खासगरी जेनजी आन्दोलनले दिएका ‘म्यान्डेड’हरू पूरा गर्नुपर्ने छ । सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको नागरिक सरकारले प्राप्त म्यान्डेड सफलताकासाथ पूरा गर्न हामी अहोरात्र खटिइरहेका छौँ”, ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रपति कार्यालयमा जेनजीसँग सरकारको छलफल जारी

राष्ट्रपति कार्यालयमा जेनजीसँग सरकारको छलफल जारी

छलफलमा जेनजीबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु,...
पार्टीको पन्ध्रौँ महाधिवेशनका सम्बन्धमा नेतृत्व गम्भीर हुनुपर्ने कांग्रेसका केन्द्रीय सदस्यहरुको सुझाव

पार्टीको पन्ध्रौँ महाधिवेशनका सम्बन्धमा नेतृत्व गम्भीर हुनुपर्ने कांग्रेसका केन्द्रीय सदस्यहरुको सुझाव

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनीहरुले पार्टीको पन्ध्रौँ महाधिवेशन तयारी सम्बन्धमा नेतृत्व गम्भीर हुनुपर्ने र छिटो भन्दा छिटो पार्टीको नियमित महाधिवेशन हुनुपर्ने सुझाव दिएको प्रवक्ता डा प्रकाशशरण...
संविधानलाई ट्रयाकमा ल्याउने एकमात्र सहज बाटो संसद पुनस्र्थापना रहेको एमालेको निष्कर्ष

संविधानलाई ट्रयाकमा ल्याउने एकमात्र सहज बाटो संसद पुनस्र्थापना रहेको एमालेको निष्कर्ष

बिहीबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति बिषयक बिशेष प्रस्तावमाथि १ सय ३४ जना सदस्यहरुले धारणा राखेको एमाले प्रचार बिभाग प्रमुख राजेन्द्र...
सहकारीपीडितको समस्या समाधानका लागि प्रधानमन्त्रीले थालिन पहल

सहकारीपीडितको समस्या समाधानका लागि प्रधानमन्त्रीले थालिन पहल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ,  सङ्कटग्रस्त समस्या समाधान समितिका...