नेभिगेशन
समाज

सञ्चारमन्त्री खरेल ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हरिप्रसाद कल्याणी रिमाल नाट्य प्रतिष्ठानले बिहीबार जमलस्थित राष्ट्रिय नाचघरमा अयोजना गरेको नाट्यसङ्गीत एवं सञ्चार सेवा सम्मान तथा पुरस्कार वितरण समारोहमा मन्त्री खरेललाई उक्त सम्मान प्रदान गरिएको हो ।

Ncell
Extreme Energy

संस्थाका अध्यक्ष प्राडा वासुदेव त्रिपाठीले मन्त्री खरेललाई दोसल्ला ओढाएर ताम्रपत्र र नगदसहित सम्मान गरेका हुन । सञ्चारमन्त्री खरेललाई पत्रकारिता विधामा खासगरी टेलिभिजन पत्रकारिताका माध्यमबाट मुलुक र जनताको आवाजलाई मुखरित गरी जनताको सच्चा पहरेदारी र पैरवी गरेबापत उक्त सम्मान प्रदान गरिएको हो ।

अढाइ दशकदेखि पत्रकारिता र सञ्चारकर्ममा क्रियाशील खरेलको नेपाली पत्रकारितालाई नयाँ उचाइमा स्थापित गर्न महत्त्वपूर्ण योगदान रहेको छ ।

त्यसैगरी ‘हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्यसङ्गीत सम्मान’बाट वरिष्ठ गायिका मीरा राणा र धिरज राई सम्मानित भएका छन् । रेडियो नेपालका प्रथम गायक, अभिनेता तथा रङ्गकर्मी स्वर्गीय हरिप्रसाद रिमालको साथमा उनकी धर्मपत्नी कल्याणी रिमालका नाममा स्थापित उक्त पुरस्कार तथा सम्मान सङ्गीत, नाट्य तथा सञ्चार क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने विभिन्न व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ ।

सो अवसरमा सञ्चारमन्त्री खरेलले सञ्चार कर्म गरेबापत प्राप्त सम्मानले थप ऊर्जा र प्रेरणा मिलेको बताए । उनले भने, “म यहाँ मन्त्रीका रूपमा आएको छैन । असोज ५ गतेसम्मको क्रियाशील सञ्चारकर्मी हुँ ।

अहिले भूमिका फरक भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेको छु । गरिमामय संस्थाबाट सञ्चारकर्मीकै नाताले यति ठूलो सम्मान ग्रहण गर्ने निधो गरेँ ।”

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले अबको पाँच महिनाभित्र जेनजी आन्दोलनको भावनाअनुरुप गर्नुपर्ने काम पूरा गर्न अहोरात्र खटिने उल्लेख गरे ।

उनले भने, “अबको पाँच महिनाको अवधिभित्र खासगरी जेनजी आन्दोलनले दिएका ‘म्यान्डेड’हरू पूरा गर्नुपर्ने छ । सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको नागरिक सरकारले प्राप्त म्यान्डेड सफलताकासाथ पूरा गर्न हामी अहोरात्र खटिइरहेका छौँ”, ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

“तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर...
हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ...
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।

भर्खरै