नेभिगेशन
समाज

निर्वाचनको वातावरण बनाउन सरकारलाई दलहरुको सुझाव

काठमाडौँ । नर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार काठमाडौंमा आगामी निर्वाचनका सम्दर्भमा राजनीतिक दलहरुसंग छलफल गर्दै आयोगले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दललाई आग्रह गरेको हो ।

Ncell
Extreme Energy

छलफलमा राजनीतिक दलका प्रतिनिधिहरुले सरकारले निष्पक्ष र भयरहीत रुपमा निर्वाचन गर्ने वातावरण बनाउन नसकेको जनाएका थिए ।

कांग्रेस नेता मीन विश्वकर्माले वर्तमान सरकार निर्माणका लागि गठन भएपनि निर्वाचन गर्न सरकार तत्पर नदेखिएको बताए । उनले निष्पक्ष रुपमा निर्वाचन हुने वातावरण बनाउन सुझाव समेत दिएका छन् ।

निर्वाचनमा भाग लिन सवै दलहरु तयार रहेको तर त्यसको वातावरण सरकारले बनाउनुपर्ने सवै दलको सुझाव रहेको उनको भनाइ छ । त्यस्तै एमालेका नेता गुरु बरालले निर्वाचन गर्न निष्पक्ष, भयरहीत वातावरण बनाउनुपर्नेमा सरकारले त्यस्तो वातावरण बनाउन नसकेको धारणा व्यक्त गरेका थिए ।

त्यस्तै माओवादी नेता देव गुरुङले तोकिएको समयमा निर्वाचन हुनुपर्नेभएपनि सरकारले निर्वाचनको वातावरण बनाउनेमा आशंका उत्पन्न भएको बताए । सरकारले दलहरुलाई विश्वासमा लिएर निर्वाचनको वातावरण बनाउनुपर्नेमा आफुहरुको जोड रहेको उनले बताए ।

त्यस्तै छलफलमा सहभागी अन्य दलहरुले पनि निर्वाचनमा लागि सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिएका थिए । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो ।

जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतसहित स्वीकृत भएको छ ।
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।
भारतमाथि किन खनिए एलन मस्क ?

भारतमाथि किन खनिए एलन मस्क ?

अमेरिकी अर्बपति एलन मस्कले केही भारतीय उद्योगपतिहरूले भारतमा स्टारलिङ्कको प्रवेश रोक्न खोजेको आरोप लगाएका छन् ।
गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्न र बदल्न आफू अडिग रहेको बताएका छन्।

भर्खरै