नेभिगेशन
मुख्य समाचार

यी हुन् सरकारले फिर्ता बोलाएका अमेरिका सहित ११ देशका राजदूत

काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिका, चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, बेलायत लगायतका नेपाली आवासीय राजदूत राजदूतहरुलाई फिर्ता बोलाएको छ । 

सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलका अनुसार संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत लोकदशर्न रेग्मी, जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदी, चीनका लागि नेपाली राजदूत  प्राध्यापक डाक्टर कृष्ण प्रसाद ओली, जर्मनीका लागि नेपाली राजदूत डाक्टर शैल रुपाखेती, इजरायलका लागि नेपाली राजदूत प्राध्यापक धनप्रसाद पण्डितलाई सरकारले फिर्ता बोलाएको छ । 

Global Ime Bank

यस्तै मलेसियाका लागि नेपाली राजदूत डाक्टर नेत्र प्रसाद तिमिल्सिना, कतारका लागि नेपाली राजदूत रमेश चन्द्र पौडेल, रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान, साउदी अरबका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल, स्पेनका लागि नेपाली राजदूत सुनिल नेपाल, संयुक्त अधिराज्यकालागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेलाई पनि फिर्ता बोलाउने निर्णय गरेको खरेलले बताए । 

फिर्ता बोलाइएका राजदूतहरूलाई आगामी कार्तिक २० गतेसम्म स्वदेश फर्कन भनिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल

निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल

अर्थमन्त्री खनालका अनुसार जेनजी आन्दोलनले देखाएको असन्तुष्टि केवल सरकार वा राजनीतिक दलप्रति मात्र नभई समग्र समाज र निजी क्षेत्रप्रति आक्रोशका रूपमा समेत प्रकट भएको हो । उनले भने,...
यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०÷८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने...
उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

२०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाललाई उत्कृष्ट करदाताका...
शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा, शुभेच्छुकलाई नर्भस नहुन हसिनाको आग्रह

शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा, शुभेच्छुकलाई नर्भस नहुन हसिनाको आग्रह

गत वर्षको विद्यार्थी नेतृत्वको व्यापक विद्रोहमा सयौँ मानिसको हत्या गरी १५ वर्ष लामो शासन अन्त्य गरेको आरोपमा उनी भारतमा निर्वासित अवस्थामा रहेकी छन् ।