नेभिगेशन
मुख्य समाचार

संविधानलाई ट्रयाकमा ल्याउने एकमात्र सहज बाटो संसद पुनस्र्थापना रहेको एमालेको निष्कर्ष

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीको दोश्रो दिन १ सय ३४ जना सदस्यहरुले धारणा राखेका छन् ।

बिहीबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति बिषयक बिशेष प्रस्तावमाथि १ सय ३४ जना सदस्यहरुले धारणा राखेको एमाले प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

Global Ime Bank

बैठकमा सदस्यहरुले संविधान र जनअधिकारको रक्षाको लागि प्रतिनिधिसभाको पुनस्र्थापना गरेर जार्नुपर्नेमा जोड दिएको गौतमले बताए । संविधान पक्षधर शक्तिहरूलाई एक ठाउँमा ल्याएर व्यापक जनपरिचालनका माध्यमबाट निर्णयमा पुराउनुपर्ने तर्क आएको उनले जानकारी दिए ।

गौतमले संविधानलाई ट्रयाकमा ल्याउने एकमात्र सहज बाटो संसद पुनस्र्थापना मात्रै हुन्छ भन्ने निष्कर्षमा केन्द्रीय कमिटी बैठक अघि बढेको उल्लेख गरेका छन् ।

निर्वाचन आयोगसँगको छलफलमा निर्वाचनको वातावरण बनाउनको लागि ७ बुँदे धारणा बुझाएको उल्लेख गर्दै उनले निर्वाचनको वातावरण बन्न नसकेकोमा पार्टी स्पष्ट रहेको बताए ।

सरकारलाई निर्वाचनको वातावरण बनाउन एमालेले अपिल समेत गरेको उनले बताए । जेनजी आन्दोलनमा भएका घटनाको निष्पक्ष छानविन गरि दोषिलाई कारवाही गर्नुपर्नेमा एमालेको स्पष्ट मान्यता रहेको गौतमले उल्लेख गरेका छन् ।

एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार बिहान बस्ने र बाँकी सदस्यहरुले धारणा राखेपछि सम्भव भएसम्म शुक्रबार नै बैठक सम्पन्न गर्ने एमालेले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०÷८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने...
उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

२०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाललाई उत्कृष्ट करदाताका...
शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा, शुभेच्छुकलाई नर्भस नहुन हसिनाको आग्रह

शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा, शुभेच्छुकलाई नर्भस नहुन हसिनाको आग्रह

गत वर्षको विद्यार्थी नेतृत्वको व्यापक विद्रोहमा सयौँ मानिसको हत्या गरी १५ वर्ष लामो शासन अन्त्य गरेको आरोपमा उनी भारतमा निर्वासित अवस्थामा रहेकी छन् ।
तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गरेका हुन ।