नेभिगेशन
समाज

संविधानलाई ट्रयाकमा ल्याउने एकमात्र सहज बाटो संसद पुनस्र्थापना रहेको एमालेको निष्कर्ष

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीको दोश्रो दिन १ सय ३४ जना सदस्यहरुले धारणा राखेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति बिषयक बिशेष प्रस्तावमाथि १ सय ३४ जना सदस्यहरुले धारणा राखेको एमाले प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

Ncell
Extreme Energy

बैठकमा सदस्यहरुले संविधान र जनअधिकारको रक्षाको लागि प्रतिनिधिसभाको पुनस्र्थापना गरेर जार्नुपर्नेमा जोड दिएको गौतमले बताए । संविधान पक्षधर शक्तिहरूलाई एक ठाउँमा ल्याएर व्यापक जनपरिचालनका माध्यमबाट निर्णयमा पुराउनुपर्ने तर्क आएको उनले जानकारी दिए ।

गौतमले संविधानलाई ट्रयाकमा ल्याउने एकमात्र सहज बाटो संसद पुनस्र्थापना मात्रै हुन्छ भन्ने निष्कर्षमा केन्द्रीय कमिटी बैठक अघि बढेको उल्लेख गरेका छन् ।

निर्वाचन आयोगसँगको छलफलमा निर्वाचनको वातावरण बनाउनको लागि ७ बुँदे धारणा बुझाएको उल्लेख गर्दै उनले निर्वाचनको वातावरण बन्न नसकेकोमा पार्टी स्पष्ट रहेको बताए ।

सरकारलाई निर्वाचनको वातावरण बनाउन एमालेले अपिल समेत गरेको उनले बताए । जेनजी आन्दोलनमा भएका घटनाको निष्पक्ष छानविन गरि दोषिलाई कारवाही गर्नुपर्नेमा एमालेको स्पष्ट मान्यता रहेको गौतमले उल्लेख गरेका छन् ।

एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार बिहान बस्ने र बाँकी सदस्यहरुले धारणा राखेपछि सम्भव भएसम्म शुक्रबार नै बैठक सम्पन्न गर्ने एमालेले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतसहित स्वीकृत भएको छ ।
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।
भारतमाथि किन खनिए एलन मस्क ?

भारतमाथि किन खनिए एलन मस्क ?

अमेरिकी अर्बपति एलन मस्कले केही भारतीय उद्योगपतिहरूले भारतमा स्टारलिङ्कको प्रवेश रोक्न खोजेको आरोप लगाएका छन् ।
गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्न र बदल्न आफू अडिग रहेको बताएका छन्।

भर्खरै