नेभिगेशन
समाज

पार्टीको पन्ध्रौँ महाधिवेशनका सम्बन्धमा नेतृत्व गम्भीर हुनुपर्ने कांग्रेसका केन्द्रीय सदस्यहरुको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले छिटो भन्दा छिटो पार्टीको नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । 
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनीहरुले पार्टीको पन्ध्रौँ महाधिवेशन तयारी सम्बन्धमा नेतृत्व गम्भीर हुनुपर्ने र छिटो भन्दा छिटो पार्टीको नियमित महाधिवेशन हुनुपर्ने सुझाव दिएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले महाधिवेशन कार्यतालिकाका बिषयमा बैठकमा कुनै प्रस्ताव नआएको भन्दै सदस्यको सुझावका आधारमा बैठकले उचित निर्णय लिने बताए । त्यस्तै नेताहरुले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानविन हुनुपर्ने र दोषिलाई कारवाही गर्नुपर्ने, निर्वाचनको तयारीका लागि सरकारले ध्यान दिनुपर्ने लगाएतका धारणा राखेको प्रवक्ता महतले बताए ।

Ncell
Extreme Energy

बैठकमा डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, शिवप्रसाद हुमागाँइ, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आ–आफ्नो धारणा राख्नुभएको थियो भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गएका थिए ।

त्यस्तै,बैठक शुक्रबार पनि जारी रहने प्रवक्ता महतले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतसहित स्वीकृत भएको छ ।
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।
भारतमाथि किन खनिए एलन मस्क ?

भारतमाथि किन खनिए एलन मस्क ?

अमेरिकी अर्बपति एलन मस्कले केही भारतीय उद्योगपतिहरूले भारतमा स्टारलिङ्कको प्रवेश रोक्न खोजेको आरोप लगाएका छन् ।
गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्न र बदल्न आफू अडिग रहेको बताएका छन्।

भर्खरै