नेभिगेशन
समाज

एमाले केन्द्रीय कमिटी बैठक जारी

काठमाडौँ । नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ । उक्त बैठक ललितपुरको जावलाखेलमा प्रारम्भ भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यही असोज २९ र ३० गते बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आज आ–आफ्नो धारणा राख्ने प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यस अघि करिब २०० केन्द्रीय सदस्यले आआफ्नो धारणा राखेका छन् । 

Ncell
Extreme Energy

आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरुले आफ्ना धारणा राख्ने छन् । एमालेमा स्थायी र पदाधिकारीसहित ९९ नेताहरु रहेका छन् । स्थायी र पदाधिकारीलाई पनि पनि तीन मिनेटकै समय उपलब्ध गराइने प्रचार विभाग प्रमुख गौतमले बताए । सबैले धारणा राखेपछि अन्त्यमा अध्यक्ष ओलीले प्रतिवेदनमाथिको सुझावको एकमुष्ट जवाफ दिएर बैठक समापन गरिने छ ।
 
अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरुले दिएका सुझाव, वर्तमान राजनीतिक परिस्थिति पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताको भूमिका आदिका बारेमा निर्देशन दिनेछन् । यस्तै आजको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी पहिरोले ५५ ठाउँमा अवरुद्ध बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो, गाडी चल्न अझै एक/दुई दिन लाग्ने

बाढी पहिरोले ५५ ठाउँमा अवरुद्ध बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो, गाडी चल्न अझै एक/दुई दिन लाग्ने

पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भिरमा मार्ग छिचोलिएको छ ।
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले ल्यायो नयाँ सुविधा

निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले ल्यायो नयाँ सुविधा

सुपथ मूल्य र कम स्पिडका प्याकेज बिक्री नगर्ने इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालको निर्णयसँगै नेपाली उपभोक्तामाझ अहिले इन्टरनेट शुल्क महँगो पर्ने हो कि भन्ने बारेमा बहस भइरहेको छ...
दशैँतिहारमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुने, यसरी हुँदैछ सुक्ष्म निगरानी

दशैँतिहारमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुने, यसरी हुँदैछ सुक्ष्म निगरानी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुँदैछ ।

भर्खरै