नेभिगेशन
मुख्य समाचार

आपराधिक मानसिकताका व्यक्तिहरुले जेनजी आन्दोलनलाई हिंसात्मक बनाएः गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आपराधिक मानसिकताका व्यक्तिहरुले जेनजी आन्दोलनलाई हिंसात्मक बनाएको बताएका छन् ।

शुक्रबार ७० औ प्रहरी दिवसका अवसरमा प्रहरी मुख्यालय नक्सालमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री अर्यालले जेनजीको आन्दोलनमा आपराधिक मानसिकताका व्यक्तिहरुले सरकारका महत्वपूर्ण प्रतिष्ठान, व्यापारिक प्रतिष्ठान लगाएत निजी सम्पतीमा तोडफोड, आगजनी तथा लुटपाट गरेर आन्दोलनलाई नै हिंसात्मक बनाएको बताएका हुन ।

CG

प्रहरीमाथि आक्रमणका साथै हातहतियार तथा सुरक्षा उपकरणहरुको लुटपाटपछि नागरिक सहभागितामा भएको मर्मत र पुनस्र्थापनाले प्रहरी नागरिक स्पंदनमा बसेको संगठन हो भन्न सत्य स्थापीत भएको उनले बताए ।

गृहमन्त्री अर्यालले सरकार सदैव प्रहरीको साथमा रहेकाले उच्च मनोवलका साथ नागरिकको चाहनाअनुसार प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिए ।

उनले मुलुकको समृद्धि र सुशासनको आधार नै सुदृढ आन्तरिक सुरक्षा भएको र यसैको जगमा कानूनी शासन, मानवअधिकारको संरक्षण र अन्य बिकासका आधारहरु निर्माण हुने गरेको जिकिर गरे ।

प्रविधिसंग प्रभावकारी मिश्रण गरि नयाँ प्रकारका अपराधका घटनालाई न्यूनिकरण गर्न प्रहरी तयार हुनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

केहि दिन जनकपुरमा आयोजित सभामा सहभागी हुने क्रममा लामिछानेको खुट्टामा चोट लागेको थियो ।
सेटिङको आरोपमा चाबहिल यातायातका प्रमुख सहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

सेटिङको आरोपमा चाबहिल यातायातका प्रमुख सहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

सवारी चालक अनुमतिपत्रका लागि घुस लिएको आरोपमा अख्यितारको टोलीले मंगलबार २७ जनाको मोबाइल नियन्त्रणमा लिएको हो। यातायात कार्यालय, चाबहिलका प्रमुख पेशकुमार पोखरेलसहित १७ जना कर्मचारीका २५ वटा मोबाइल...
त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

गत पुस २६ गते त्रिशूली नदीमा बस भेटिएपछि पुस २७ गतेदेखि सुरु गरिएको उत्खनन कार्यको सोह्रौँ दिन हिजो बसभित्र मानव कङ्काल भेटिएको थियो । बसको भित्री भागबाट मानव...
कांग्रेसले आफ्नो घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकता दिने

कांग्रेसले आफ्नो घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकता दिने

उनका अनुसार कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ । “घोषणापत्रमा स्रोत व्यवस्थापनका उपाय पनि समेटिन्छन्,”...