नेभिगेशन
समाज

आपराधिक मानसिकताका व्यक्तिहरुले जेनजी आन्दोलनलाई हिंसात्मक बनाएः गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आपराधिक मानसिकताका व्यक्तिहरुले जेनजी आन्दोलनलाई हिंसात्मक बनाएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार ७० औ प्रहरी दिवसका अवसरमा प्रहरी मुख्यालय नक्सालमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री अर्यालले जेनजीको आन्दोलनमा आपराधिक मानसिकताका व्यक्तिहरुले सरकारका महत्वपूर्ण प्रतिष्ठान, व्यापारिक प्रतिष्ठान लगाएत निजी सम्पतीमा तोडफोड, आगजनी तथा लुटपाट गरेर आन्दोलनलाई नै हिंसात्मक बनाएको बताएका हुन ।

Ncell
Extreme Energy

प्रहरीमाथि आक्रमणका साथै हातहतियार तथा सुरक्षा उपकरणहरुको लुटपाटपछि नागरिक सहभागितामा भएको मर्मत र पुनस्र्थापनाले प्रहरी नागरिक स्पंदनमा बसेको संगठन हो भन्न सत्य स्थापीत भएको उनले बताए ।

गृहमन्त्री अर्यालले सरकार सदैव प्रहरीको साथमा रहेकाले उच्च मनोवलका साथ नागरिकको चाहनाअनुसार प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिए ।

उनले मुलुकको समृद्धि र सुशासनको आधार नै सुदृढ आन्तरिक सुरक्षा भएको र यसैको जगमा कानूनी शासन, मानवअधिकारको संरक्षण र अन्य बिकासका आधारहरु निर्माण हुने गरेको जिकिर गरे ।

प्रविधिसंग प्रभावकारी मिश्रण गरि नयाँ प्रकारका अपराधका घटनालाई न्यूनिकरण गर्न प्रहरी तयार हुनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले ल्यायो नयाँ सुविधा

निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले ल्यायो नयाँ सुविधा

सुपथ मूल्य र कम स्पिडका प्याकेज बिक्री नगर्ने इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालको निर्णयसँगै नेपाली उपभोक्तामाझ अहिले इन्टरनेट शुल्क महँगो पर्ने हो कि भन्ने बारेमा बहस भइरहेको छ...
दशैँतिहारमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुने, यसरी हुँदैछ सुक्ष्म निगरानी

दशैँतिहारमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुने, यसरी हुँदैछ सुक्ष्म निगरानी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुँदैछ ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ।