नेभिगेशन
मुख्य समाचार

नागरिकलाई सुरक्षाको प्रत्याभूत गराउन प्रहरी व्यवसायीक रुपमा सक्षम छः प्रहरी महानिरीक्षक खापुङ

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले परिवर्तनको हालको परिस्थीति र आगामी दिनहरुमा समेत उत्पन्न हुने सुरक्षा चूनौतिको सामना गर्दै आमनागरिकलाई सुरक्षाको प्रत्याभूत गराउन प्रहरी व्यवसायीक रुपमा सक्षम रहेको बताएका छन् ।

जेनजी युवाहरुको भ्रष्टाचाररहित समाज, सुशासन, स्थायीत्व र पारदर्शीताका साथै सहज सार्वजनिक सेवाको माग आम जनताको समेत माग भएकाले नेपाल प्रहरी त्यस्ता मागका बिषयमा बिगतदेखि नै संवेदनशील रहदै आएको धारणा व्यक्त गरेका हुन ।

Dish home
City Express

आन्दोलन तथा प्रदर्शनका क्रममा प्रहरीमाथि भएको आक्रमणले प्रहरीबिरुद्ध आक्रोश र अपराध बढेको लागेतापनि भ्रमको पर्दा च्यातिएको उनले बताए ।

उनले प्रहरी कार्यालयको पुनस्र्थापनामा जनताले गरेको सहयोग सराहनीय भएको भन्दै क्षतिग्रस्त भएका ४६५ मध्ये ४०१ कार्यालयहरु सञ्चालनमा ल्याउन सफल भएको जानकारी दिए ।

सो अवसरमा गृहमन्त्री अर्यालले अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक कृष्ण बहादुर रानालाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरेका थिए ।

साथै उनले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ र प्रहरी अनाश्रित गुल्म डिल्लीबजारका प्रहरी निरीक्षक दुर्गा राईलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गरेका थिए ।

त्यस्तै अमर प्रहरीका छोराछोरीलाई प्रहरी छात्रवृत्ति प्रदान गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा विश्वकर्मा नक्खु कारागारबाट फरार भएका थिए । फरारपछि उनी निरन्तर लुकीछिपी बस्दै आएको सूचनाका आधारमा जिल्ला...
सञ्चारमन्त्री  खरेलसमक्ष काउन्सिलद्वारा कार्ययोजना पेस

सञ्चारमन्त्री  खरेलसमक्ष काउन्सिलद्वारा कार्ययोजना पेस

यसका लागि काउन्सिलले कार्ययोजना तयार गरेको छ ।  प्रस्तावित सो कार्ययोजना काउन्सिलका पदाधिकारी र कर्मचारीसहितको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पेस गरेको छ ।
विघठित प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा एमाले रहेको ओलीको धारणा

विघठित प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा एमाले रहेको ओलीको धारणा

प्रेस चौतारी नेपालद्वारा आइतबार आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको र सुशासनका पक्षमा सदैव दृढ रहेको जनाउँदै सम्पत्ति छानबिनका लागि आफू तयार...
ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक एवं इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष र नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधिबीच भएको बैठकले उक्त निर्णय गरेको...