नेभिगेशन
समाज

नागरिकलाई सुरक्षाको प्रत्याभूत गराउन प्रहरी व्यवसायीक रुपमा सक्षम छः प्रहरी महानिरीक्षक खापुङ

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले परिवर्तनको हालको परिस्थीति र आगामी दिनहरुमा समेत उत्पन्न हुने सुरक्षा चूनौतिको सामना गर्दै आमनागरिकलाई सुरक्षाको प्रत्याभूत गराउन प्रहरी व्यवसायीक रुपमा सक्षम रहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेनजी युवाहरुको भ्रष्टाचाररहित समाज, सुशासन, स्थायीत्व र पारदर्शीताका साथै सहज सार्वजनिक सेवाको माग आम जनताको समेत माग भएकाले नेपाल प्रहरी त्यस्ता मागका बिषयमा बिगतदेखि नै संवेदनशील रहदै आएको धारणा व्यक्त गरेका हुन ।

Ncell
Extreme Energy

आन्दोलन तथा प्रदर्शनका क्रममा प्रहरीमाथि भएको आक्रमणले प्रहरीबिरुद्ध आक्रोश र अपराध बढेको लागेतापनि भ्रमको पर्दा च्यातिएको उनले बताए ।

उनले प्रहरी कार्यालयको पुनस्र्थापनामा जनताले गरेको सहयोग सराहनीय भएको भन्दै क्षतिग्रस्त भएका ४६५ मध्ये ४०१ कार्यालयहरु सञ्चालनमा ल्याउन सफल भएको जानकारी दिए ।

सो अवसरमा गृहमन्त्री अर्यालले अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक कृष्ण बहादुर रानालाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरेका थिए ।

साथै उनले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ र प्रहरी अनाश्रित गुल्म डिल्लीबजारका प्रहरी निरीक्षक दुर्गा राईलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गरेका थिए ।

त्यस्तै अमर प्रहरीका छोराछोरीलाई प्रहरी छात्रवृत्ति प्रदान गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

“तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर...
हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ...
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।

भर्खरै