नेभिगेशन
मुख्य समाचार

एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार सकिँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ केन्द्रीय कमिटीको बैठक शुक्रबार समापन हुँदैछ ।

ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा असोज २९ गतेदेखि जारी बैठकमा सदस्यहरुले उठाएका सवालमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकमुष्ट जवाफ दिएपछि राजनीतिक प्रतिवेदन पारित पारित हुनेछ । 

Dish home
City Express

बैठकमा पार्टीको आगामी ११औँ महाधिवेशनको तिथि, मिति तय गर्ने र समसामयिक प्रस्ताव पारित गर्ने पनि कार्यसूची रहेको एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । नेता गौतमले बोल्ने अधिकांश सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनको मूल मर्ममा समर्थन गरेको र संसद् पुनःस्थापनामा लाग्नुपर्नेमा जोड दिएको बताए ।

उनले छिटपुट रुपमा केही सदस्यले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने माग गरेको जानकारी दिए ।

बैठकमा आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत भएको छ । जेनजी आन्दोलन, नयाँ सरकार गठन र प्रतिनिधिसभा विघटनपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटीको बैठक आयोजना भएको हो ।

समसामयिक प्रस्ताव तयारीका लागि उपमहासचिव प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा प्रचार विभाग प्रमुख गौतम र संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला रहेको समिति गठन गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा विश्वकर्मा नक्खु कारागारबाट फरार भएका थिए । फरारपछि उनी निरन्तर लुकीछिपी बस्दै आएको सूचनाका आधारमा जिल्ला...
सञ्चारमन्त्री  खरेलसमक्ष काउन्सिलद्वारा कार्ययोजना पेस

सञ्चारमन्त्री  खरेलसमक्ष काउन्सिलद्वारा कार्ययोजना पेस

यसका लागि काउन्सिलले कार्ययोजना तयार गरेको छ ।  प्रस्तावित सो कार्ययोजना काउन्सिलका पदाधिकारी र कर्मचारीसहितको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पेस गरेको छ ।
विघठित प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा एमाले रहेको ओलीको धारणा

विघठित प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा एमाले रहेको ओलीको धारणा

प्रेस चौतारी नेपालद्वारा आइतबार आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको र सुशासनका पक्षमा सदैव दृढ रहेको जनाउँदै सम्पत्ति छानबिनका लागि आफू तयार...
ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक एवं इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष र नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधिबीच भएको बैठकले उक्त निर्णय गरेको...