नेभिगेशन
मुख्य समाचार

विधुत उत्पादन, प्रसारण र वितरणका आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने सरकारको निर्णय

काठमाडौँ । शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विधुत उत्पादन, प्रसारण र वितरण लगाएतका बिभिन्न आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्दै सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले विशेष अदालतमा कार्यरत रजिष्ट्रार जितेन्द्रबाबु थपलियालाई नेपाल न्याय सेवाको राजपत्राङ्कीत विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्ति गरि न्याय परिषद्को सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ भने उच्च अदालत पाटनका न्यायाधीश चन्द्र बहादुर सारुलाई सो अदालतको कामकाजसमेत गर्ने गरि काठमाडौं उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय भएको प्रवक्ता खरेलले बताए ।

Dish home
City Express

त्यस्तै बैठकले वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव सूर्यराज दाहाललाई महान्यायाधीवक्ता कार्यालयको नायवमहान्यायाधीवक्ता पदमा सरुवा गरेको छ भने कामु नायवमहान्यायाधीवक्ता उद्धवराज पुडासैनीलाई वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको खरेलले जानकारी दिए ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खरेलले राज्यका सवै संयन्त्रहरु विधिसम्वत्, कानुनी र व्यवहारिक हिसाबले अगाडि बढ्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा विश्वकर्मा नक्खु कारागारबाट फरार भएका थिए । फरारपछि उनी निरन्तर लुकीछिपी बस्दै आएको सूचनाका आधारमा जिल्ला...
सञ्चारमन्त्री  खरेलसमक्ष काउन्सिलद्वारा कार्ययोजना पेस

सञ्चारमन्त्री  खरेलसमक्ष काउन्सिलद्वारा कार्ययोजना पेस

यसका लागि काउन्सिलले कार्ययोजना तयार गरेको छ ।  प्रस्तावित सो कार्ययोजना काउन्सिलका पदाधिकारी र कर्मचारीसहितको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पेस गरेको छ ।
विघठित प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा एमाले रहेको ओलीको धारणा

विघठित प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा एमाले रहेको ओलीको धारणा

प्रेस चौतारी नेपालद्वारा आइतबार आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको र सुशासनका पक्षमा सदैव दृढ रहेको जनाउँदै सम्पत्ति छानबिनका लागि आफू तयार...
ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक एवं इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष र नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधिबीच भएको बैठकले उक्त निर्णय गरेको...