नेभिगेशन
समाज

त्रिवि क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत, दश अर्ब बजेट लाग्ने

काठमाडौँ । सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्ने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रिपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा क्रिकेट मैदानको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको हो । गुरुयोजनाबमोजिम क्रिकेट मैदानका लागि करिब रु १० अर्ब लाग्ने अनुमान गरिएको छ ।

Ncell
Extreme Energy

सहरी विकासमन्त्री कुलमान घिसिङले रङ्गशाला नेपालकै पहिलो अन्तरराष्ट्रिय क्रिकेट मैदान भएको र अन्तरराष्ट्रिय खेल तथा पर्यटन प्रवद्र्धनमासमेत यसको योगदान हुने उल्लेख गरेका छन् । 

घिसिङले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा जग्गासम्बन्धी सम्झौता, वातावरणीय प्रभाव मूल्याङ्कनलाई अन्तिम रुप दिने र गुरुयोजनाबमोजिम रङ्गशाला विस्तारका लागि दोस्रो चरणको निर्माणका लागि ‘टेण्डर प्रक्रिया’ अगाडि बढाउन मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको बताए । 

केही दिनअघि रङ्गशालाको पहिलो चरणको निर्माणबारे स्थलगत निरीक्षणमा जानुभएका मन्त्री घिसिङले गुरुयोजनाबमोजिम भइरहेको निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव हुन नदिनेगरी रङ्गशाला विस्तारको दोस्रो चरण अगाडि बढाइने बताएका थिए । 

हाल रङ्गशालाको पहिलो चरणका संरचना निर्माणाधीन छन् । आगामी मङ्सिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) भन्दाअगावै रङ्गशाला निर्माण सम्पन्न गर्नेगरी काम धमाधम भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएका तीन मजदुरमध्ये दुई जनाको मृत्यु भएको छ भने अर्का पुरिएका एक मजदुरको घाइते अवस्थामा उद्धार गरिएको छ...
बिजुलीको बिलको डिजिटल पेमेन्टलाई सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन

बिजुलीको बिलको डिजिटल पेमेन्टलाई सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले  विद्युत महसुसको विद्युतीय भुक्तानीको प्रणालीलाई व्यवस्थित रुपमा विस्तार गर्न नेपाल विद्यु्त प्राधिकरणलाई निर्देशन दिएका छन् ।
इरानी आक्रमणको खतरा बढेपछि बेलायतस्थित सैन्य अखडाबाट अमेरिकी बमवर्षक विमान फिर्ता

इरानी आक्रमणको खतरा बढेपछि बेलायतस्थित सैन्य अखडाबाट अमेरिकी बमवर्षक विमान फिर्ता

बेलायतको ग्लॉस्टरशायरस्थित आरएएफ फेयरफोर्ड सैन्य अखडा नजिकै आतंकवादी आक्रमणको सम्भावित प्रयास र सुरक्षा जोखिम बढेपछि अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सबै 'बी-१' बमवर्षक (बोम्बर) विमानहरू फिर्ता लगेको छ ।
कांग्रेस महाधिवेशन: पुनर्जागरणको एक अवसर

कांग्रेस महाधिवेशन: पुनर्जागरणको एक अवसर

नेल्सन मण्डेला 'सत्यनिष्ठा, नैतिकता, निरन्तरता, निस्वार्थता, लोकतान्त्रिक चरित्र र सामञ्जस्यता' जस्ता सात गुण नेतृत्वमा हुनुपर्ने दृष्टिकोण राख्दछन्। आजका दिनमा हामीले एउटै नेतामा विरलै यति गुण भेट्न सक्छौँ। तर...