नेभिगेशन
मुख्य समाचार

सामोआसामु नेपालको दुई सय १२ रनको टार्गेट

काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार नेपालले सामोआलाई दुई सय १२ रनको टार्गेट दिएको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा दुई सय ११ रन बनाएको हो ।

नेपालका लागि आसिफ शेख र उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतको पारी खेलेका छन् । आसिफले ४१ बलमा ६९ र दीपेन्द्रसिंह ३३ बलमा ५३ रन बनाएका हुन ।

CG

लोकेश बम १२ बलमा ३९ रन र   कप्तान रोहित पौडेल १२ बलमा २१ रनमा अविजित रहे भने कुशल भुर्तेल १७ र आरिफ शेख ९ रन बनाउँदै आउट भएका थिए ।

छनोटबाट नेपाल, ओमान र युएई शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा पुगिसकेका छन् । भने आजको यस खेल जितेको खण्डमा नेपालले छनोटको खेलको ट्रफी उचाल्ने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिजेल र मट्टीतेलको मूल्य लिटरमै ३ रुपैयाँले बढ्यो

डिजेल र मट्टीतेलको मूल्य लिटरमै ३ रुपैयाँले बढ्यो

निगमले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ  भने हवाई इन्धन आन्तरिक र बाह्य दुवैतर्फको मूल्य घटेको छ। निगमकाअनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैयाँले...
‘नयाँ खोज्ने नाममा देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’–कांग्रेस

‘नयाँ खोज्ने नाममा देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’–कांग्रेस

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा जानकारी दिन कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नयाँ खोज्ने नाममा देशलाई प्रयोशाला बनाउन नहुने धारणा राखे...
संसद् पुनस्थापनाको मुद्दा अबिलम्व फैसला गर्न एमाले अध्यक्ष ओलीको माग

संसद् पुनस्थापनाको मुद्दा अबिलम्व फैसला गर्न एमाले अध्यक्ष ओलीको माग

उनले सरकारले जे गर्दा पनि हुन्छ भन्ने सोच्यो भने त्यो देश र सरकारकै लागि पनि अनिष्ट हुने चेतावनी दिए । फागुन २१ गते निर्वाचनको मिति तय गरिएपनि हिमाली...
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

अवरुद्ध नेपाल–चीन जोड्ने कोरला सडकअन्तर्गत आज बिहानदेखि हिउँ पन्छाएर लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयसहित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त पहलमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)...