नेभिगेशन
मुख्य समाचार

जेनजी आन्दोलनबारे नेपाली सेनाले भन्योः ‘भौतिक सुरक्षाको दाजोमा मानवीय सुरक्षा मुख्य थियो’

काठमाडौँ । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा शान्ति सुरक्षा गर्नका लागि आवश्यक सहजीकरण मात्रै गरेको स्पष्ट पारेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सेनाले जेनजी आन्दोलनपछि तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमञ्चयन कायम गर्नका सेनाले सुरक्षाको अवस्थाको वस्तुगत ढंगले मूल्यांकन गरी आवश्यक पहलता मात्रै लिएको जनाएको हो ।

Dish home
City Express

पत्रकार सम्मेलनमा नेपाली सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले सेनाले राजनीति नगर्ने भन्दै तत्कालिन परिस्थीतिमा शान्ति सुरक्षा कायम गर्न आवश्यक पहलता मात्रै लिएको बताए । स्थिति सामान्य पार्न गरिएका बहुआयामिक प्रयास र आन्दोलनलाई सहयोग पुर्‍याउने भन्ने तर्कलाई छुट्याएर मूल्यांकन गर्नुपर्ने उनले बताए ।

उनले भाद्र २४ गते राती स्थीति सेनाले सामान्य पार्न जे प्रयास गर्यो, त्यो नगरेर विश्वमा अहिले विभिन्न ठाउँमा देखिएका अन्य मोडलहरू अनुसार कुरा अगाडि बढेको के हुन सक्थ्यो भन्दै प्रश्न गरे ।

तत्कालिन अवस्थामा शान्तिपूर्ण निकास तथा अराजक वातावरणको न्यूनीकरणको लागि सबै पक्षहरूसँग छलफल गर्न सेनाले अपरिहार्य सम्झेको उनले बताए । भौतिक सुरक्षाको दाजोमा मानवीय सुरक्षा मुख्य रहेकाले त्यसलाई ममन गरेर नै सेनाले आश्वयक कदम चालेको उनको भनाइ छ ।

थापाले अझै पनि आन्दोलनमा लुटिएका ९ सय ७८ हतियार मध्ये ५८६ हतियारमात्रै फिर्ता रहेको अवस्थामा सुरक्षा चूनौति कायम रहेको र यसले निर्वाचनलाई समेत असर पार्न सक्ने धारणा राखेका हुन ।

सेनाले जेनजी आन्दोलनका क्रममा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जनाको मृत्यु भएको जनाएको छ । त्यस्तै आन्दोलनका क्रममा ६८८ सरकारी कार्यालय, २५९ निजि निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दल पार्टी कार्यालउ र ३०७ वटा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अपराजित नेपाललाई विश्वकप छनोटको उपाधि

अपराजित नेपाललाई विश्वकप छनोटको उपाधि

नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले...
दोलखामा भालुको आक्रमणबाट एक जनाको मृत्यु

दोलखामा भालुको आक्रमणबाट एक जनाको मृत्यु

जिरी इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक धन्नेद्रहाङ खुजुमका अनुसार चिकित्सकसहितको टोली साँझ घटनास्थल पुग्दा तामाङको मृत्यु भइसकेको थियो ।
एमालेको ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ सम्म पोखरामा हुने

एमालेको ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ सम्म पोखरामा हुने

केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति बिषयक बिशेष प्रस्तावलाई पारित गर्दै ११ औँ महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र...
शनिबार पुनः बस्ने गरी काँग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

शनिबार पुनः बस्ने गरी काँग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

शुक्रबार पार्टी कार्यालयमा बसेको बैठकमा रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित लगाएतले धारणा राखेका थिए ।