नेभिगेशन
समाज

जेनजी आन्दोलनबारे नेपाली सेनाले भन्योः ‘भौतिक सुरक्षाको दाजोमा मानवीय सुरक्षा मुख्य थियो’

काठमाडौँ । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा शान्ति सुरक्षा गर्नका लागि आवश्यक सहजीकरण मात्रै गरेको स्पष्ट पारेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सेनाले जेनजी आन्दोलनपछि तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमञ्चयन कायम गर्नका सेनाले सुरक्षाको अवस्थाको वस्तुगत ढंगले मूल्यांकन गरी आवश्यक पहलता मात्रै लिएको जनाएको हो ।

Ncell
Extreme Energy

पत्रकार सम्मेलनमा नेपाली सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले सेनाले राजनीति नगर्ने भन्दै तत्कालिन परिस्थीतिमा शान्ति सुरक्षा कायम गर्न आवश्यक पहलता मात्रै लिएको बताए । स्थिति सामान्य पार्न गरिएका बहुआयामिक प्रयास र आन्दोलनलाई सहयोग पुर्‍याउने भन्ने तर्कलाई छुट्याएर मूल्यांकन गर्नुपर्ने उनले बताए ।

उनले भाद्र २४ गते राती स्थीति सेनाले सामान्य पार्न जे प्रयास गर्यो, त्यो नगरेर विश्वमा अहिले विभिन्न ठाउँमा देखिएका अन्य मोडलहरू अनुसार कुरा अगाडि बढेको के हुन सक्थ्यो भन्दै प्रश्न गरे ।

तत्कालिन अवस्थामा शान्तिपूर्ण निकास तथा अराजक वातावरणको न्यूनीकरणको लागि सबै पक्षहरूसँग छलफल गर्न सेनाले अपरिहार्य सम्झेको उनले बताए । भौतिक सुरक्षाको दाजोमा मानवीय सुरक्षा मुख्य रहेकाले त्यसलाई ममन गरेर नै सेनाले आश्वयक कदम चालेको उनको भनाइ छ ।

थापाले अझै पनि आन्दोलनमा लुटिएका ९ सय ७८ हतियार मध्ये ५८६ हतियारमात्रै फिर्ता रहेको अवस्थामा सुरक्षा चूनौति कायम रहेको र यसले निर्वाचनलाई समेत असर पार्न सक्ने धारणा राखेका हुन ।

सेनाले जेनजी आन्दोलनका क्रममा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जनाको मृत्यु भएको जनाएको छ । त्यस्तै आन्दोलनका क्रममा ६८८ सरकारी कार्यालय, २५९ निजि निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दल पार्टी कार्यालउ र ३०७ वटा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

“तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर...
हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ...
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।

भर्खरै