नेभिगेशन
मुख्य समाचार

बाढी–पहिरोबाट क्षतिग्रस्त इलामका पाँच पालिकालाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले हालैको बाढी–पहिरोका कारण बढि क्षति भएको इलामका पाँच पालिकाहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले इलाममा सबैभन्दा बढि क्षति भएका पाँच पालिकालाई क्रमश ६० लाख, ५० लाख र ४० लाख सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।

Dish home
City Express

इलामलाई बिपद् संकटग्रस्त जिल्ला घोषणा गरेकाले तत्काल अत्यावश्यक सेवा सुचारु गर्नका लागि सहयोग प्रदान गर्ने निर्णय भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका दिनेश प्रसाद भट्टले जानकारी दिए ।

त्यस्तै ताप्लेजुङको मौवाखोलामा रहेको पहिरोको जोखिमयुक्त बस्तीलाई अर्को स्थानमा स्थायी रुपमा स्थानान्तरण गर्ने निर्णय बैठकले गरेको उनले बताए । त्यस्तै बैठकले बिपद्पछि अस्थायी आवास निर्माणको कार्यविधि परिमार्जन गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अपराजित नेपाललाई विश्वकप छनोटको उपाधि

अपराजित नेपाललाई विश्वकप छनोटको उपाधि

नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले...
दोलखामा भालुको आक्रमणबाट एक जनाको मृत्यु

दोलखामा भालुको आक्रमणबाट एक जनाको मृत्यु

जिरी इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक धन्नेद्रहाङ खुजुमका अनुसार चिकित्सकसहितको टोली साँझ घटनास्थल पुग्दा तामाङको मृत्यु भइसकेको थियो ।
एमालेको ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ सम्म पोखरामा हुने

एमालेको ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ सम्म पोखरामा हुने

केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति बिषयक बिशेष प्रस्तावलाई पारित गर्दै ११ औँ महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र...
शनिबार पुनः बस्ने गरी काँग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

शनिबार पुनः बस्ने गरी काँग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

शुक्रबार पार्टी कार्यालयमा बसेको बैठकमा रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित लगाएतले धारणा राखेका थिए ।