नेभिगेशन
समाज

दोलखामा भालुको आक्रमणबाट एक जनाको मृत्यु

दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिका–३ ठाडेमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बैतेश्वर–३ ठाडेका ५९ वर्षीय टेकबहादुर तामाङलाई अमज बिहान घरबाट करिब २०० मिटर टाढा रहेको जङ्गलमा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिरी इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक धन्नेद्रहाङ खुजुमका अनुसार चिकित्सकसहितको टोली साँझ घटनास्थल पुग्दा तामाङको मृत्यु भइसकेको थियो ।

Ncell
Extreme Energy

घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा तामाङ भालुको आक्रमणमा परेका प्रहरीको भनाइ छ । भालुको आक्रमणबाट तामाङको खुट्टा, टाउको, शरीर र अनुहारमा गहिरो चोट लागेको थियो ।

दोलखाका अधिकांश स्थानमा भालु पाइने भएकाले आक्रमण भइरहने डिभिजन वन अधिकृत कृष्णराज न्यौपानले बताए । उनका अनुसार भालुको आक्रमणमा परी मृत्यु हुने परिवारलाई प्रतिव्यक्ति रु १० लाख दिने गरिएको छ । 

यसअघि  गौरीशङ्कर गाउँपालिकाका दुई जना भालुको आक्रमणबाट घाइते भएका थिए । गौरीशङ्कर संरक्षण क्षेत्र भएकाले पनि वन्यजन्तु विभिन्न स्थानमा बाँस बस्ने र ओहोरदोहोर गर्ने समयमा उनीहरूको बाटोमा परेकालाई आक्रमण गर्ने गरेको वन अधिकृत न्यौपानले उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सङ्खुवासभामा पहिरोले पाँचखपन–चैनपुर सडक अवरुद्ध

सङ्खुवासभामा पहिरोले पाँचखपन–चैनपुर सडक अवरुद्ध

गएरातिदेखि लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर र पाँचखपन नगरपालिका जोड्ने बिहीबारे–भैँसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । उनका अनुसार...
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल

कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल

अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा आज आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनमा उनले सङ्घीयता कार्यान्वयनमा सङ्घीय संसद् र प्रदेशसभाबीच प्रभावकारी रुपमा समन्वय, सहयोग र सहकार्य बताएका हुन् ।
जीवनले नयाँ मोड लिने आशामा होल्डिङ सेन्टरका सुकुम्वासी

जीवनले नयाँ मोड लिने आशामा होल्डिङ सेन्टरका सुकुम्वासी

होस् पाएदेखि आफू बसेको थापाथलीको बागमती किनारमा हरेक वर्षायाममा हुने त्रासदी उनलाई अहिले पनि याद आउँछ । हरेक वर्ष पानी पर्न थालेपछि बागमतीले सातो लिन थाल्थ्यो । परिवारसहितको...
कपोकल्पित समाचार लेखेको भन्दै अर्थमन्त्री डा.वाग्लेले दिए आर्थिक दैनिक विरुद्ध उजुरी

कपोकल्पित समाचार लेखेको भन्दै अर्थमन्त्री डा.वाग्लेले दिए आर्थिक दैनिक विरुद्ध उजुरी

आर्थिक दैनिकले जेठ २२ गतेका अंकमा अर्थमन्त्री डा.वाग्लेका नाममा जोडेर झुटो र काल्पनिक शीर्षक राखेर समाचार लेखेको उजुरीमा उल्लेख गरिएको छ ।  समाचार आफ्नो मानहानि गर्ने मनसायले लेखिएको...