नेभिगेशन
मुख्य समाचार

पटक–पटक विघटन गर्नेले अहिले संसद पुनःस्थापनाको कुरा गर्नु हास्यास्पदः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक विघटन गर्नेहरूले अहिले संसद पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताएका छन् । 

अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले यसअघि संसद बिघटन गर्ने केपी ओलीको समूहले अहिले संसद पुनःस्थापनाको कुरा गर्नु विडम्बनापूर्ण भएको बताएका हुन् । 

Dish home
City Express

उनले आगामी माघ २१ गतेको निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको उल्लेख गर्दै निर्वाचन हुन नसके देशमा अर्को अराजकता आउन सक्ने बताए । घोषित निर्वाचनलाई भाड्ने काम कसैले नगर्न उनले चेतावनी दिए । प्रचण्डले सबैले राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु जरुरी रहेको जिकिर गरे । उनले सरकार निर्वाचन गर्न गम्भीर रहेको विश्वास आफुलाई रहेको बताए । वर्तमान संविधान केही हदसम्म ट्रयाकबाट चिप्लिएको उल्लेख गर्दै त्यसलाई ट्रयाकमा ल्याउने उपाय भनेकै संविधान संशोधन भएको बताए । उनले समाजवादी मोर्चामा आबद्ध बाम शक्तिहरूबीच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी दिए ।

प्रचण्डले जेनेरेसन जेडलाई क्रान्तिकारी आन्दोलनको उत्तराधिकारीको रूपमा चित्रण गर्दै उनीहरूमाथि अपमानजनक टिप्पणी जायज नहुने स्पष्ट पारे । त्यस्तै उनले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिहरुलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह समेत गरे ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट फिर्ता भयो सेना, २१ स्थानमा भने अझै तैनाथ

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट फिर्ता भयो सेना, २१ स्थानमा भने अझै तैनाथ

गत भदौ २३ र २४ को प्रदर्शनपछि उत्पन्न परिस्थितिमा उपत्यकाभित्र पाँच र उपत्यका बाहिर ५७ गरी कूल ६२ वटा कारागार तथा महत्त्वपूर्ण संरचनाको सुरक्षार्थ सेना खटिएको थियो ।
देशलाई संवैधानिक रिक्तताबाट जोगाउन संसद् पुनस्र्थापनाको विकल्प छैनः ओली

देशलाई संवैधानिक रिक्तताबाट जोगाउन संसद् पुनस्र्थापनाको विकल्प छैनः ओली

नेकपा(एमाले) सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले असंवैधानिक तवरले बनेको सरकारको निर्वाचन गर्ने कुनै चाहना नभएको भन्दै देशलाई संवैधानिक...
समाजमा त्रासको वातावरण राखेर सरकार चलाउन वा निर्वाचन गराउनु हुँदैनः ओली

समाजमा त्रासको वातावरण राखेर सरकार चलाउन वा निर्वाचन गराउनु हुँदैनः ओली

“हामी कुनै हतियार र कमजोर शक्ति होइनौँ । लोकतन्त्रका लागि लडेर आएका दल हौँ । लोकतन्त्र र शान्ति सुव्यवस्थाको पुनःस्थापना गर्न लाग्नेछौँ । त्यसका लागि एमाले सक्रिय रहनेछ...
तीन महिनामा १८ प्रतिशत बजेट खर्च

तीन महिनामा १८ प्रतिशत बजेट खर्च

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा रु तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख अर्थात् वार्षिक विनियोजनको १८ दशमलव ५६ प्रतिशत खर्च भएको हो । चालु...