नेभिगेशन
समाज

देशलाई संवैधानिक रिक्तताबाट जोगाउन संसद् पुनस्र्थापनाको विकल्प छैनः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई संवैधानिक रिक्तताबाट जोगाउन संसद् पुनस्र्थापनाको विकल्प नभएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा(एमाले) सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले असंवैधानिक तवरले बनेको सरकारको निर्वाचन गर्ने कुनै चाहना नभएको भन्दै देशलाई संवैधानिक रिक्तताबाट जोगाउन संसद् पुनस्र्थापनाको विकल्प नभएको बताएका हुन् । 

Ncell
Extreme Energy

फागुन २१ गते निर्वाचनको मिति तोक्न अनि राजनीतिक दलहरूसँग संवाद नगर्ने, निषेध गर्ने, दमन गर्ने कामले तोकिएको समयमा निर्वाचन हुनै नसक्ने उनले बताए । अध्यक्ष ओलीले वर्तमान सरकारलाई संविधानले समेत नचिन्ने भन्दै अहिले क्रान्ति नभइ प्रतिक्रान्ति भएकाले देशलाई हिंसा अराजकतामा धकेलेको तर्क गरे ।

अहिले देशमा भएको प्रतिगमनलाइ सच्चाउनका लागि पनि प्रतिनिधिसभाको अविलम्व पुनस्र्थापना हुनुपर्ने उनको भनाइ छ । उनले संवैधानिक जग नभएको सरकारलाई देश जिम्मा लगाएर बिदेश भाग्ने कल्पना बाहिरको कुरा भएको उल्लेख गरे ।

अध्यक्ष ओलीले आफुलाई उपत्यका छोड्न सरकारले रोक लगाएकोमा आपत्ति जनाउदै नेपालको जुनुसुकै स्थानमा जाने भन्दै रोकेर देखाउन चूनौति दिए । ओलीले तिहारमा औँसीको अँध्यारो रातलाई उज्यालोले चिर्न बत्ती बालिने बताउँदै अहिले देशमा छाएको अँध्यारोलाई पनि उज्यालो बालेर चिर्नु पर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।
उखु किसानलाई डेढ अर्ब अनुदान दिन कृषिमन्त्री चौधरीले स्वीकृत गरिन् कार्यविधि

उखु किसानलाई डेढ अर्ब अनुदान दिन कृषिमन्त्री चौधरीले स्वीकृत गरिन् कार्यविधि

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गर्न कार्यविधि स्वीकृत गरेकी छिन् ।
कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी

कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसालेका छन् ।
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...

भर्खरै