नेभिगेशन
मुख्य समाचार

गोली प्रहारबाट पुजारीको हत्या

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको छ । त्रिहत्तर वर्षीय पुजारी रामदुलार साहको बिहान २ः०० बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिएका छन् ।

गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आउनुभएको थियो । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा गोली प्रहार गरेका थिए । 

CG

घटना भएको केही मिनेटमै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान थालेको छ । 

घटनास्थलबाट दुईवटा गोलीका खोका फेलापरेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए । उनका अनुसार सीमावर्ती क्षेत्रमा शङ्कास्पद व्यक्तिमाथि चेकजाँच तीव्र बनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ

खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ

पश्चिम नवलपरासीको परासीमा नवलपरासी उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित छलफल कार्यक्रममा मन्त्री घिसिङले किसानलाई सहज हुनेगरी खेतखेतमा विद्युतीकरण गरेर लागत घटाउनु पर्ने बताए ।  उनले विकासको नाममा जथाभावी...
कांग्रेसले निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छः नेता डा.कोइराला

कांग्रेसले निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छः नेता डा.कोइराला

‘नेपाली कांग्रेस र नेपालको यात्रा, ‘हिजो, आज, भोलि’ चुनौती अवसर र सम्भावना’बारे युवासँग संवाद विषयक आज विराटनगरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेता डा कोइरालाले आगामी निर्वाचनमा सक्रिय रुपमा सहभागी...
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

उक्त भेटघाटमा सरकारका तर्फबाट प्रधानमन्त्री सहित गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेल सहभागी छन् । त्यस्तै रास्वपाबाट लामिछानेसहित उपसभापतिद्वय डिपी अर्याल र डा.स्वर्णिम वाग्ले, नेताहरु सोविता गौतम,...
सभापतिको कार्यभार सम्हाल्दै रविले सम्झिए डिपीको त्यो प्रस्तावः ‘जेलको कार्यवाहक दिन मिल्दैन ?’

सभापतिको कार्यभार सम्हाल्दै रविले सम्झिए डिपीको त्यो प्रस्तावः ‘जेलको कार्यवाहक दिन मिल्दैन ?’

अर्यालले सो दिन रविलाई भनेका थिए, ‘पार्टीको नेतृत्व कार्यवाहक दिएको जस्तै कारागारको बसाई पनि कार्यवाहकलाई दिन मिल्दैन ? मिल्छ भने तपाईंको भागमा म भित्र बस्न तयार छु। देशलाई...