नेभिगेशन
मुख्य समाचार

झिलीमिली बत्ती लगाउँने क्रममा करेन्ट लागेर वीरगञ्जमा एकको मृत्यु

पर्सा । वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगर–१ छपकैया टोलका पियुसकुमार साह रहेका छन् ।

पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझको समयमा आफ्नो एकतले घरको छतमा झिलीमिली बत्ती लगाउने क्रममा वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका साहको अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिए ।

CG

साहलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा पुर्याइएको थियो । तर, उनको मृत्यु भने बाटोमा नै भएको पर्सा प्रहरीले जनाएको छ । मृतक साहको शवलाई परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेकपा एमालेको केन्द्रदेखि प्रदेश संरचना यस्तो रहने

नेकपा एमालेको केन्द्रदेखि प्रदेश संरचना यस्तो रहने

महाधिवेशन अन्तर्गतको बन्दसत्रले केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने गरि संरचना तय गरेको महाधिवेशन...
साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी

साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण एपिएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोलअन्तरले पराजित गरेको हो । एपिएफका लागि रस्मिकुमारी घिसिङले निर्णायक गोल गरिन...
समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व होः प्रधानमन्त्री कार्की

समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व होः प्रधानमन्त्री कार्की

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठक आज उद्घाटन गर्दै उनले आदिवासी जनजातिहरूको पहिचान, अधिकार, संस्कृति र समग्र विकासका लागि प्रतिष्ठानले गर्दै आएको योगदान प्रशंसनीय रहेको...
सम्पूर्ण ध्यान निर्वाचन तर्फ केन्द्रित गर्न सरकारलाई राष्ट्रपति पौडेलको सुझाव

सम्पूर्ण ध्यान निर्वाचन तर्फ केन्द्रित गर्न सरकारलाई राष्ट्रपति पौडेलको सुझाव

राष्ट्रपति भवन शीतल निवासमा आइतबार राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिएका हुन । उनले आगामी चुनावलाई प्रभावित नुहने गरी...