नेभिगेशन
मुख्य समाचार

यमपञ्चकको दोस्रो दिनः मनाइयो काग तिहार

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आइतबार यमराजको दूतका रूपमा कागलाई पूजासहित मीठामीठा चीजबीज खान दिएर मनाइएको छ । 

काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो चाड यमपञ्चक सुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण शनिबारदेखि नै यमपञ्चक आरम्भ भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म तिहार मनाउने गरिन्छ ।

Dish home
City Express

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठामीठा खानेकुरा दिइ खुसी पार्ने गरिएको पनि उनले बताए ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यमदीप दान दिनेक्रम भने आज साँझदेखि सुरु हुन्छ । यमदीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन हिन्दू धार्मिक विधि छ ।

शनिबारदेखि नै कार्तिक कृष्ण त्रयोदशी सुरु भएकाले आज बिहान पहिलो प्रहरमै कागलाई पूजासहित मीठामीठा चीजबीज खान दिएर सम्मान गरिएको हो । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन नै कागतिहार पर्व मनाइने गरेकामा तिथिको घटबढका कारण यस वर्ष शनिबार यमपञ्चक सुरु भएकामा आज दोस्रो दिन काग तिहार पर्व मनाइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
चौदण्डीगढीका मेयर–उपमेयरलाई जेनजीले लखटे

चौदण्डीगढीका मेयर–उपमेयरलाई जेनजीले लखटे

तिहारको अवसरमा नगरपालिकाको वडा नम्बर ९ र १० ले आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा आइतबार बिहान जेनजी समूहका युवाले आक्रमण गरेपछि कार्यक्रम अस्तव्यस्त बनेको हो ।
मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु

बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नं को ट्याक्टर आइतबार दुर्घटना भएको हो । दुर्घटनामा परी बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४...
जेनजी घाइतेहरु वैशाखी टेकेर प्रधानमन्त्रीलाई भेट्न सिंहदरबारमा

जेनजी घाइतेहरु वैशाखी टेकेर प्रधानमन्त्रीलाई भेट्न सिंहदरबारमा

उनीहरु प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न वैशाखी टेकेर सिंहदरबार पुगेका हुन् ।  प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुराहरू राख्ने भन्दै उनीहरु सिंहदरबार पुगेका हुन् । उनीहरुको करिब २४-२५ जनाको टोली छ।
काठमाडौँका ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान

काठमाडौँका ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान

‘६२ वटा चोकमध्ये २१ वटा चोकमा १२ दशमलव ५ मिटरका पोल जडान गरिदै छ । यस पोलमा ६ वटा बत्ती जडान हुदै छ’ महाशाखा प्रमुख नेपालीले भने, ‘४१...