नेभिगेशन
मुख्य समाचार

केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिको म्याद थप्न नहुने माग गरेका छन् ।

पार्टीका नेता गुरु घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसेलगायतले आइतबार पत्रकार सम्मेलन गरी कुनै पनि अवस्थामा केन्द्रीय समितिको म्याद थप्न नहुने बताए । पार्टीको वर्तमान नेतृत्वले अनावश्यक रूपमा केन्द्रीय कार्यसमितिको बैठक लम्ब्याउने, ढिलो गर्ने र नियमित प्रक्रियामा महाधिवेशन नगरी  नेतृत्वमा बसिरहने अस्वाभाविक र अलोकतान्त्रिक अभ्यास गरिरहेको उनीहरुको आरोप छ ।

Dish home
City Express

असोज २८ देखि प्रारम्भ भएको केन्द्रीय समिति बैठक शनिबारसम्म बसेर फेरि छठपछि अर्थात् कात्तिक १३ गतेका लागि बोलाइएको छ । पत्रकार सम्मेलनमा वक्ताहरूले बैठक विनाकारण लम्ब्याउने, ढिला गर्ने र आगामी बैठक पनि कहिले सम्पन्न हुने भनेर टुङ्गो नभएकाले वर्तमान कार्यसमितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र म्याद थप्नतर्फ उद्धत रहेको आरोप लगाए ।

नेता आचार्यले वर्तमान केन्द्रीय कार्यसमितिको यस्तो प्रवृत्ति आपत्तिजनक रहेको र समयमा नियमित महाधिवेशन नगर्ने मनसायसहित यस्तो कार्य भइरहेको आरोप लगाए । “राष्ट्रिय राजनीति अत्यन्त तीव्रताका साथ अगाडि बढिरहेको छ ।

यस्तो बेला तत्काल देशको अवस्थाअनुसार निर्णय दिनुपर्ने थियो, तर विलम्ब गर्ने, अल्मलिने र पार्टीको नयाँ नेतृत्व चयन गर्न ढिलाइ गर्न खोजिएको छ । यो गलत छ । यस्तो छुट कसैलाई छैन”, उनले भने, “आगामी फागुन २१ गते घोषित प्रतिनिधिसभाको निर्वाचनअगावै पार्टी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी आगामी चुनावमा जानुको विकल्प छैन । राष्ट्रिय आवश्यकता महसुस गरी विशेष महाधिवेशन माग गरेका छौँ । यसको सुनुवाइ हुनुपर्छ ।”

पार्टी नेता घिमिरेले केन्द्रीय कार्यसमितिले अस्वाभाविक रूपमा कार्यसमिति बैठक लम्ब्याएको आरोप लगाए । उनले कार्यसमितिको बैठक अस्वाभाविक रूपमा लम्ब्याइएको भन्दै केन्द्रीय कार्यसमिति महाधिवेशनभन्दा ठूलो नभएकाले महाधिवेशन प्रतिनिधिको आदेशलाई पालना गर्नुपर्नेमा जोड दिए । 

“विभिन्न राजनीतिक दल र कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा महाधिवेशन गर्ने निर्णय गरिसकेका छन् । आफूलाई विश्वको प्रजातान्त्रिक आन्दोलनको नमुना पार्टी भनेर दाबी गर्छौं, उचित निर्णय गरेर देशलाई निकास दिनुपर्नेमा हामी अल्मलिरहेका छौँ, हामीलाई केले रोक्यो ।”, घिमिरेले प्रश्न गरे ।

उनीहरुले विधानअनुसार वर्तमान कार्यसमितिले महाधिवेशन गर्नुपर्ने र बहुसङ्ख्यम महाधिवेशन प्रतिनिधिको मतको कदर गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

जिल्ला सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले सञ्चालन गरेको विश्वकै अग्लो बञ्जी पुल र ‘द हार्नेस’ प्रालीले सञ्चालन गरेको विश्वकै लामो ‘सुपरम्यान’ शैलीको...
विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा , नेपाली झण्डा ओढाइयो

विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा , नेपाली झण्डा ओढाइयो

श्रद्धाञ्जली दिन विमानस्थल पुगेका इजरायलमा रहेका नेपालीहरू भावविह्वल देखिन्छन् । उनीहरूले पुष्पगुच्छा र खादा अर्पण गरेर जोशीलाई श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता, अध्यक्ष साम्पाङ

श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता, अध्यक्ष साम्पाङ

आइतबार आयोगको कार्यालय पुगेर साम्पाङले पार्टी दर्ताका लागि भौतिक रुपमा सनाखत प्रक्रिया पुरा गरेका हुन । उनले गत असोजमा श्रम संस्कृति पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका...
पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

एमआरआई मेसिन खरिदमा मिलेमतोको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो । ठेकदारसहित १५ जनाविरुद्ध  करिब १४ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।