नेभिगेशन
समाज

नर्सका माग सम्बोधन गर्न सरकारले बनायो समिति, पहिलो बैठक आजै

सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा.श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो ।
देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सहरुले उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्न थालेपछि प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिवसहितको टोलीलाई बोलाएर तत्काल सम्बोधन गर्न निर्देशन दिएकी थिइन्। प्रधानमन्त्री कार्कीले स्वास्थ्यमन्त्रालयको जिम्मेवारी पनि आफैसाग राखेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिको पहिलो बैठक आजै बसेर आन्दोलनरत नर्सहरुलाई काममा फर्काउने वातावरण बनाउने प्रयास भइरहेको मन्त्रालयका सचिव डा विकास देवकोटाले जानकारी दिए ।

Marvel
Extreme Energy

‘भोलिदेखि तिहार बिदा छ। धेरै जनशक्ति बिदामा बस्ने भएकाले कामको चाप हुन्छ। त्यसैले आजै सहमति गरी आन्दोलनरत पक्षलाई काममा फर्काउने कोसिसमा छौँ,’ डा देवकोटाले भने, ‘काममा फर्किनका लागि हाम्रो आह्वान पनि छ।’
डा देवकोटाका अनुसार समितिले एक हप्ताभित्र प्रारम्भिक प्रतिवेदन दिनुपर्नेछ। तत्काल र दीर्घकालीन रुपमा समस्या समाधानका लागि गर्नुपर्ने कामका विषयमा सुझावसहितको प्रतिवेदन दिनुपर्ने समितिको कार्यादेश छ।  
समितिमा स्वास्थ्य मन्त्रालयको गुनासो सुनुवाइ एकाइ प्रमुख डा अनुप बाँस्तोला सदस्य हुनुहुन्छ।
यस्तै चिकित्सा शिक्षा आयोगका निर्देशक, स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख पनि सदस्य छन्। गृह, अर्थ, श्रम, शिक्षा मन्त्रालयका प्रतिनिधि पनि सदस्य छन्। नेपाल नर्सिङ परिषद्, नेपाल नर्सिङ, नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसन्स, अफिन, आन्दोलनरत नर्सका प्रतिनिधि पनि समितिमा रहेका छन्।
स्वास्थ्य मन्त्रालयकै चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ। नर्सहरुले सरकारले तोकेको आधारभूत तलब तथा सुविधा पाउनुपर्ने माग गरिरहेका छन्। अहिले सरकारले तोकेको आधारभूत तलब ३४ हजार ७३० रुपैयाँ रहेको छ।
समितिको कार्यादेशः
१-निजी तथा सामुदायिक अस्पताल एवं स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सिङ्गरस्वास्थ्यकर्मीहरुको पारिश्रमिक तथा तलब सुविधा सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य निकायबाट भएका परिपत्र एवं प्रतिवेदनहरुको आधार लिने र विश्लेषण गर्ने।
२-निजी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा नर्सिङ लगायतका स्वास्थ्यकर्मीहरुको मर्यादित श्रम तथा सुविधाका सम्बन्धमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सरकारी सरह न्यूनतम तलब भत्ता प्रदान गर्न पटकपटक भएका निर्देशन, परिपत्रहरुको हालसम्म कार्यान्वयन नभएकाले सोको यथाशीघ्र कार्यान्वयन गर्न सहमति कायम गर्ने ।
३- यस किसिमका समस्याहरु बारम्बार आईरहेको परिप्रेक्ष्यमा दिर्घकालिनरुपमा यस समस्याको समाधान गर्न नेपाल सरकार, सम्बन्धित मन्त्रालयहरुले गर्नुपर्ने कार्यको लागि राय सुझाव र कार्ययोजना प्रतिवेदन पेश गर्ने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीबाट पाठ सिकेर पूर्वसूचनामा सरकारले मार्दैछ फड्को, के हाे 'सेल ब्रोडकास्ट सिस्टम' ?

भोटेकोशी बाढीबाट पाठ सिकेर पूर्वसूचनामा सरकारले मार्दैछ फड्को, के हाे 'सेल ब्रोडकास्ट सिस्टम' ?

यो महाविनाश नसोचेको विपत्ति थियो। धेरै जना भाग्दा भाग्दै बगे भने धेरैले पत्तो नै पाएनन् । घटना कुनै रातिमा भएको थिएन, सबै ब्युझिसकेपछि झलमल्ल उज्यालोमा भएको थियो ।...
परिवारका नाममा जग्गा भेटिएपछि बोडेको होल्डिङ सेन्टरमा बसेकालाई २ दिनभित्र खाली गर्न निर्देशन

परिवारका नाममा जग्गा भेटिएपछि बोडेको होल्डिङ सेन्टरमा बसेकालाई २ दिनभित्र खाली गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गर्दै जग्गा देखिएका ७ परिवारलाई होल्डिङ सेन्टर खाली गर्न भनेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय पालिकाबाट प्राप्त विवरणअनुसार...
विभिन्न दलका नेता तथा युवासहित १२ जना रास्वपामा प्रवेश

विभिन्न दलका नेता तथा युवासहित १२ जना रास्वपामा प्रवेश

विभिन्न राजनीतिक दलका नेता, व्यवसायी तथा युवासहित १२ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

भर्खरै