नेभिगेशन
मुख्य समाचार

तिहार मनाउन छ लाख मानिसले उपत्यका छोड्ने अनुमान

काठमाडौँ । शनिबारदेखि सुरु भएको तिहारका लागि करिब छ लाख मानिसहरू  काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको सङ्ख्या बढ्ने अनुमान रहेको जनाएको हो ।

Dish home
City Express

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारमा बाहिरिनेका लागि सहज रूपमा यातायात व्यवस्थापन हुने जानकारी दिए । उनले भने, “यसपटक दसैँका समयमा कतिपयले भारी वर्षाका कारण सास्ती बेहोर्नु पर्‍यो, तर तिहारको समयमा राजमार्ग सुधार भइसकेका छन् । अब सास्ती बेहोर्नु पर्ने छैन”,।

सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले पनि देशभरका मुख्य राजमार्ग सुधार भइसकेकाले तिहार मनाउन टाढा जानेहरूले समस्या भोग्नु नपर्ने बताए ।

“दसैँको समयमा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्गमध्ये मेची राजमागस्थित माईखोला खुल्न बाँकी थियो । शनिबारबाट त्यो पनि सञ्चालनमा आइसकेको छ । अब राष्ट्रिय राजमार्गमा समस्या छैन”, उनले भने, “कुनै कारणले वा सुक्खा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने अवस्था आएमा पनि तत्काल सडक सञ्चालन गर्न हामी तयारी अवस्थामा छौँ ।” 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कचनकवलका ४९ वर्षीय लोकबहादुर गाइनेको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग

टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त र रजिस्ट्रार प्राडा विनोद लेखकलगायतको टोलीले शनिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई भेटेर  क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा संरक्षणका लागि माग...
प्रधान सेनापतिद्वारा श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान

प्रधान सेनापतिद्वारा श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान

सैनिक मुख्यालय जङगी अड्डामा आइतबार आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेप्से परिसूचक १६ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ अङ्कले बढ्यो

आइतबार ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २८ हजार ७३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु दुई अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९...