नेभिगेशन
समाज

‘हरित् निर्वाचन’का लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह

काठमाडौँ  । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई पर्यावरणमैत्री अर्थात् हरित् निर्वाचनका रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले राजनीनितिक दलहरूसँग आग्रह गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले आधुनिक समयमा पर्चा, पम्पप्लेट र प्रदूषणमुक्त निर्वाचन गराई हरित निर्वाचन (ग्रीन इलेक्सन) समयसापेक्ष हुने भन्दै यसका लागि आग्रह गर्दै राजनीतिक दलबाट सहयोग र सुझाव माग गरेको हो । 

Extreme Energy
citizen life

गत असोज ३० गते आयोगमा भएको राजनीतिक दलसँगको छलफलमा पनि प्रस्ताव गरिएको थियो । आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जैविक रूपले नष्ट नहुने वा वातावरणमा हानि पुर्‍याउने कागज, प्लाष्टिक, इन्धनजस्ता सामग्रीको न्यूनतम् प्रयोग गर्दै डिजिटल, दिगो र प्रदूषणमुक्त माध्यमबाट सम्पन्न गरिने निर्वाचनलाई ‘हरित निर्वाचन’ भनेर बुझ्नुपर्ने बताए ।

छलफलका क्रममा राजनीतिक दलका प्रतिनिधिहरूले उचित वातावरण बनेमा आफूहरूले निर्वाचनमा भाग लिने र निर्वाचनलाई पर्यावरणमैत्री बनाउने सवालमा सकारात्मक रहेको बताएका थिए । 

आयोगले पर्यावरणमैत्री निर्वाचनका लागि विसं २०७९ को निर्वाचनमा पनि पहल गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नौ महिनामा  काँकडभिट्टाबाट नेपाल आए ४ हजार भुटानी

नौ महिनामा काँकडभिट्टाबाट नेपाल आए ४ हजार भुटानी

नेपाल प्रवेश गरेका पर्यटकमध्ये सबैभन्दा बढी भुटानी नागरिक रहेका छन् । उक्त अवधिमा चार हजार १५४ जना भुटानी पर्यटक नेपाल आएका छन् ।
सहकारी पीडितको रकम फिर्ता प्रक्रिया सुरुः ऋण असुली,  सञ्चालकहरूको सम्पत्ति लिलामी र बचत फिर्ता प्रक्रिया सँगसँगै

सहकारी पीडितको रकम फिर्ता प्रक्रिया सुरुः ऋण असुली, सञ्चालकहरूको सम्पत्ति लिलामी र बचत फिर्ता प्रक्रिया सँगसँगै

प्रतिभा रावलले मन्त्रालय सम्हालेको ३० दिन नपुग्दै सहकारी पीडितको बचत फिर्ताको प्रक्रिया सुरु भएको छ र त्यसका लागि तयार पारिएको कार्यविधि पारित भई राजपत्रमा समेत प्रकाशन भइसकेको छ...
देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

अभियानअन्तर्गत काठमाडाँै उपत्यकाका साथै रुपन्देही, नुवाकोट, पर्सालगायत देशका विभिन्न स्थानमा अवैध रूपमा निर्माण गरिएका संरचना धमाधम हटाउन थालिएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्थित सरकारी जग्गा अक्रिमण गरी...
आँधीहुरीसँगै भएको वर्षापछि जलेश्वर जलमग्न

आँधीहुरीसँगै भएको वर्षापछि जलेश्वर जलमग्न

पानी निकास हुन नसक्दा जलेश्वरको नगरपालिका चोक, शङ्कर चोक, मीना बजार, महेन्द्र चोक, अस्पताल चोक, खैरा चोक, अस्पताल चोकलगायत स्थान जलमग्न बनेको हो।