नेभिगेशन
मुख्य समाचार

विघठित प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा एमाले रहेको ओलीको धारणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नोसहित शङ्का लागेका सबैको सम्पत्ति निष्पक्ष ढङ्गबाट छानबिन गर्न माग गरेका छन् । 

प्रेस चौतारी नेपालद्वारा आइतबार आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको र सुशासनका पक्षमा सदैव दृढ रहेको जनाउँदै सम्पत्ति छानबिनका लागि आफू तयार रहेको स्पष्ट पारेका छन् । 

Dish home
City Express

उनले बेथिति, विकृति र भ्रष्टाचार अन्त्यसहित सुशासन र सामाजिक सञ्जाल सञ्चालनको मुद्दा उठाएर जेनजी समूहले गरेको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भई धनजनको क्षति भएको प्रसङ्ग उल्लेख गरे । 

“म कुनै आवेग र आक्रोसमा भन्दा सत्य स्थापित होस् भन्ने चाहन्छु । म हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्छ र मुलुकमा समृद्धि, समानता र शान्ति कायम हुनुपर्दछ भनी देश र जनताप्रति सदैव बफादर हुँदै आएको छु । सत्यप्रतिको मूल्यमान्यताबाट कहिल्यै विचलित हुन्न”, अध्यक्ष ओलीले भने, “सत्यको पक्ष लिँदा अहङ्कार र दम्भको भाषा बोल्यो भन्ने पर्न सक्छ । उक्त घटनाको यथार्थ क्रमशः खुल्दै जाला, हामी जनताको शान्ति, न्याय र लोकतन्त्रका पक्षमा कसैसँग सम्झौता नगरी लागिरहने छौँ ।”

निर्वाचनको सहज वातावरण नभएको आशङ्का गर्दै एमाले अध्यक्ष ओलीले विघठित प्रतिनिधिसभाका पुनःस्थापनाका पक्षमा आफ्नो पार्टी रहेको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा विश्वकर्मा नक्खु कारागारबाट फरार भएका थिए । फरारपछि उनी निरन्तर लुकीछिपी बस्दै आएको सूचनाका आधारमा जिल्ला...
सञ्चारमन्त्री  खरेलसमक्ष काउन्सिलद्वारा कार्ययोजना पेस

सञ्चारमन्त्री  खरेलसमक्ष काउन्सिलद्वारा कार्ययोजना पेस

यसका लागि काउन्सिलले कार्ययोजना तयार गरेको छ ।  प्रस्तावित सो कार्ययोजना काउन्सिलका पदाधिकारी र कर्मचारीसहितको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पेस गरेको छ ।
ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक एवं इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष र नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधिबीच भएको बैठकले उक्त निर्णय गरेको...
अमेरिकाभर ‘नो किङ्ग्स’ र्‍याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा

अमेरिकाभर ‘नो किङ्ग्स’ र्‍याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा

सबै ५० अमेरिकी राज्यका सहर–सहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र राष्ट्रपति ट्रम्पको नीतिविरुद्ध सडकमा उत्रिएका थिए । आयोजकहरूका अनुसार न्युयोर्कदेखि लस एन्जलससम्म फैलिएको यो आन्दोलनमा करिब ७० लाखभन्दा...