नेभिगेशन
मुख्य समाचार

सञ्चारमन्त्री  खरेलसमक्ष काउन्सिलद्वारा कार्ययोजना पेस

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आचारसंहिता एवं मिडिया अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ ।

यसका लागि काउन्सिलले कार्ययोजना तयार गरेको छ ।  प्रस्तावित सो कार्ययोजना काउन्सिलका पदाधिकारी र कर्मचारीसहितको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पेस गरेको छ ।

Dish home
City Express

आइतबार सिंहदरबारस्थित मन्त्रालयमा सञ्चारमन्त्री खरेललाई आगामी कार्यक्रमको कार्ययोजना पेस गरेको हो । सो अवसरमा उनले काउन्सिलको अनुगमनलाई सहजीकरण गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारीदिए ।

उनले अनुगमन, तथ्य जाँच र निर्वाचन विशेष अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गरे । प्रस्तावित कार्ययोजनाअनुरुप यही कात्तिकसम्म विशेष अनुगमन, मङ्सिरदेखि तथ्य जाँच तथा आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचन सन्दर्भमा विशेष अनुगमन गरिनेछ ।

यसका लागि आवश्यक प्रस्तावित बजेट र कार्यक्रम ढाँचा पनि काउन्सिलले हस्तान्तरण गरेको छ । काउन्सिलका सदस्य शन्तराम बिडारीका अनुसार काउन्सिलको आचारसंहितासम्बन्धी अनुगमनलाई विशेष रुपमा अनुगमन गर्न तथ्य जाँच र सरकारले निर्वाचन सफल पार्ने लक्ष्यमा निर्वाचनसम्बन्धी आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन प्रस्तावित कार्ययोजना पेस गरिएको छ ।

सञ्चारमन्त्री खरेलले हालै काउन्सिलको भ्रमणको सिलसिलामा काउन्सिलको कामलाई गतिशील र प्रभावकारी बनाउन आवश्यक कार्ययोजना ल्याउन  निर्देशन दिएका थिए । सोही अनुरुप काउन्सिलले कार्ययोजनासहित आफ्नो सक्रियता बढाएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा विश्वकर्मा नक्खु कारागारबाट फरार भएका थिए । फरारपछि उनी निरन्तर लुकीछिपी बस्दै आएको सूचनाका आधारमा जिल्ला...
विघठित प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा एमाले रहेको ओलीको धारणा

विघठित प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा एमाले रहेको ओलीको धारणा

प्रेस चौतारी नेपालद्वारा आइतबार आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको र सुशासनका पक्षमा सदैव दृढ रहेको जनाउँदै सम्पत्ति छानबिनका लागि आफू तयार...
ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक एवं इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष र नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधिबीच भएको बैठकले उक्त निर्णय गरेको...
अमेरिकाभर ‘नो किङ्ग्स’ र्‍याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा

अमेरिकाभर ‘नो किङ्ग्स’ र्‍याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा

सबै ५० अमेरिकी राज्यका सहर–सहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र राष्ट्रपति ट्रम्पको नीतिविरुद्ध सडकमा उत्रिएका थिए । आयोजकहरूका अनुसार न्युयोर्कदेखि लस एन्जलससम्म फैलिएको यो आन्दोलनमा करिब ७० लाखभन्दा...