नेभिगेशन
मुख्य समाचार

गाजामा इजरायली हवाई आक्रमणपछि पनि युद्धविराम यथावत्ः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार इजरायलद्वारा गाजामा आक्रमण गरिएपछि पनि युद्धविराम कायम रहेको बताएका छन् । उनका अनुसार गाजामा नौ दिनदेखि लागू भएको युद्धविराम अझै पनि प्रभावमा छ ।

इजरायली सेनाले हमासमाथि युद्धविरामको उल्लङ्घन गर्दै आफ्ना सैनिकमाथि हमला गरेको आरोप लगाउँदै गाजाको दक्षिणी क्षेत्रमा दर्जनौं हवाई आक्रमण गरेको थियो ।

Dish home
City Express

यस्ता आक्रमणमा कम्तिमा ४५ जनाको ज्यान गएको गाजाको हमास–नियन्त्रित नागरिक सुरक्षा निकायले जनाएको छ । राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँगको कुराकानीमा भने, “हो, युद्धविराम अझै पनि लागूमा छ ।” उनले युद्धविरामको उल्लङ्घनमा हमासको नेतृत्वको संलग्नता नरहेको सङ्केत गर्दै ‘केही विद्रोही समूह’ जिम्मेवार भएको बताए ।

“हामी चाहन्छौं कि हमाससँगको स्थिति शान्तिपूर्ण होस्,“ ट्रम्पले भने, “तर यदि आवश्यक पर्‍यो भने कडा तर न्यायोचित ढङ्गले त्यसलाई समाधान गरिनेछ ।” 
गाजाका चारवटा अस्पतालहरूले एएफपीलाई ४५ जनाको मृत्यु पुष्टि गरेका छन् । तर, गाजामा सञ्चार तथा पहुँचमा कठिनाइका कारण यस्ता विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिने एएफपीले जनाएको छ ।

इजरायली सेनाले भने आफूहरूले युद्धविरामको पालना गरिरहेको तर कुनै पनि उल्लंघनप्रति कठोर प्रतिक्रिया जनाउने जनाएको छ । हमासले भने आरोपहरू अस्वीकार गर्दै इजरायलले युद्ध पुनः सुरु गर्ने बहाना बनाएको दाबी गरेको छ ।

सुरक्षा अधिकारीहरूले युद्धविरामको उल्लंघनको कारण देखाउँदै इजरायलले गाजामा राहत सामग्री प्रवेश अस्थायी रूपमा रोकिएको बताएका छन् । यसअघि पनि युद्धकालमा राहत रोकिँदा मानवीय सङ्कट गहिरिएको संयुक्त राष्ट्रसङ्घले जनाएको थियो ।

गाजाको मध्य भागस्थित अल–बुरेज शिविरमा बस्ने अब्दुल्ला अबु हसनिनले भने, “स्थिति फेरि युद्ध सुरु भएकोजस्तै देखिन्छ । हामीले शान्ति सम्झौता कायम रहोस् भन्ने आशा गरेका थियौं, तर इजरायलले कुनै सम्झौताकै सम्मान गर्दैन ।”

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले खाडी मुलुकहरूलाई हमासलाई निशस्त्र बनाउने सुरक्षा संरचना निर्माणमा भूमिका खेल्न आह्वान गरेका छन्, जुन युद्धविराम सम्झौताको एक महत्वपूर्ण बुँदा हो ।

राष्ट्रपति ट्रम्पको २० बुँदे शान्ति योजनाअनुसार इजरायली सेनाले तथाकथित ‘यलो लाइन’ भन्दा पछाडि फौज हटाएको छ, जसले गाजाको झन्डै आधा भाग अझै पनि इजरायली नियन्त्रणमा रहेको जनाइएको छ ।

हमासले २० जना बाँचेकाहरूलाई इजरायललाई फिर्ता गरिसकेको छ र बाँकी मृतकहरूका शवहरू पनि क्रमशः फिर्ता गरिँदैछन् । इजरायलले आइतवार १५ जना प्यालेस्टिनीको शव फिर्ता गरेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ, जसले हालसम्म फिर्ता गरिएका शवको सङ्ख्या १५० पुगेको बताएको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमाथि गरिएको आक्रमणबाट सुरु भएको युद्धमा अहिलेसम्म गाजामा ६८ हजार १५९ भन्दा बढीको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले ती तथ्याङ्कलाई विश्वसनीय मानेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकताः संयोजक दाहाल

शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकताः संयोजक दाहाल

शुभ दीपावली, नेपाल संवत ११४६ तथा छठका अवसरमा शुभकामना दिँदै उनले वर्तमान जटिल राजनीतिक परिस्थितिलाई सहज बनाएर निर्वाचनमा जानुपर्ने उल्लेख गरेका छन् ।
चीनको आरोप–अमेरिकाले राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गर्‍यो

चीनको आरोप–अमेरिकाले राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गर्‍यो

चीनको राज्य सुरक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको वक्तव्यमा यस आक्रमणले देशको नेटवर्क सञ्चार, वित्तीय प्रणाली र विद्युत् आपूर्तिमा समेत अवरोध पुर्‍याउने सम्भावना रहेको उल्लेख छ ।
नेपाल प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा, ‘टाइगर’ कुकुर पुरस्कृत

नेपाल प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा, ‘टाइगर’ कुकुर पुरस्कृत

त्यसक्रममा केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा रामचन्द्र सत्यालले कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरको पूजा गरेका थिए ।
कञ्चनपुरमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

कञ्चनपुरमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार मृत्यु हुनेमा बेलौरी नगरपालिका–३ बुटावारीका ७० वर्षीय श्रीप्रसाद आचार्य रहेका छन् ।