नेभिगेशन
समाज

स्नेहा केयरमा कुकुर तिहारको दिन(तस्बिरहरु)

सोमबार बिहानैदेखि देशभरका घर–आँगनमा कुकुरहरूलाई फूलको माला लगाइँदैछ, मिष्ठान्न खुवाइँदैछ र टीका लगाइँदैछ। सोमबारको दिन सबैजना कुकुरलाई सम्मान र प्रेमका साथ मनाउँदैछन् — सडकदेखि समाजिक सञ्जालसम्म “ह्याप्पी कुकर तिहार” का शुभकामना छरिएका छन्।dog14-1760944458.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज कुकुर तिहार हो, वफादारी र मित्रताको प्रतीकको पर्व। तर प्रश्न उठ्छ — के यो माया केवल आजकै दिनका लागि हो । भोलिदेखि पुनः तिनै सडकका कुकुरहरू, तिनै लात्ती र ढुंगाका चोटहरू, अनि तिनै उपेक्षित नजरहरूमा फर्किँदैनौं हामी ।dog8-1760944496.jpg

Ncell
Extreme Energy

ठ्याक्कै यही सोचले २०१४ मा स्नेहा श्रेष्ठलाई भित्रदेखि हल्लायो। आफ्नै घरको कुकुरलाई छिमेकीले विष खुवाएर मारेपछि, न्यायका लागि उनले प्रहरीमा पुगेकी थिइन्। तर पुलिस स्टेशनमा उनको निवेदन दर्ता नै भएन। “त्यो दिन मलाई बुझियो, जनावरका लागि बोल्ने कोही छैन,” स्नेहा सम्झिन्छिन्, “मेरो दुःखलाई सुन्ने कोही थिएन। त्यसपछि मैले ठानें, अरूको पीडा सुन्ने मान्छे त म नै बन्छु।”dog4-1760944494.jpg

त्यही पीडाबाट सुरु भयो स्नेहा केयर । एउटा यस्तो आश्रय जसले आजसम्म २५,००० भन्दा बढी जनावरको उद्धार र उपचार गरिसकेको छ। चोभारस्थित यो सानो संसार अहिले २०० भन्दा बढी जनावरहरूको घर बनेको छ — जसमा १८२ कुकुर, ७ भैँसी, ५ सुंगुर, ७ बोकाहरू र १८ गाई–गोरुहरू छन्।dog1-1760944493.jpg

स्नेहा भन्छिन्, “पहिले त मानिसहरू सडकका कुकुरहरूलाई विष खुवाउँथे, ढुंगा हान्थे। अहिले कम्तीमा चेतना बढ्दैछ, तर अझै पनि जनावरको न्यायका लागि हामी धेरै पटक सरकारी ढोकाहरू ढकढक्याउँछौं।” उनले सम्झिन्छिन् कि एकपटक कीर्तिपुरमा भएको घटनामा, “एउटा कुकुरलाई मार्ने प्रयास गरियो, उसको आँखा नै निकालियो। हामी निवेदन लिएर प्रहरीमा गयौं, तर दर्ता नै भएन। उल्टै हाम्रो शेल्टरलाई घेरियो। सांसदसम्मका फोन आउँथे — सेल्टर बन्द गरिदिन्छौं भनेर।” तर स्नेहा पछि हटिनन्। “मान्छेको लागि यस्तो घटना भए आन्दोलन हुन्थ्यो, तर जनावरको पीडा सामान्य ठानिन्छ,” उनी भन्छिन्, “किन यस्तो दोहोरो मापदण्ड ।”dog11-1760944497.jpg

स्नेहा केयर अहिले केबल उद्धार मात्र होइन, कानुनी अधिकारका लागि पनि सशक्त वकालत गर्छ। उनीहरू नियमित रूपमा कानुन निर्माणको माग गरिरहेका छन्। “सन् २०३० सम्म रेविज समाप्त गर्ने लक्ष्य भनिएको छ, तर व्यवहारिक कदम कहिल्यै देखिन्न,” स्नेहा भन्छिन्।dog-1760944493.jpg

“माया भनेको सबै जनावरका लागि हो”
स्नेहा केयरको अर्को ठूलो पहल हो प्लान्ट(बेस्ड जीवनशैलीको प्रचार। उनी भन्छिन्, “ हामीले आफ्नो स्वादका लागि जनावर मर्न दिनुहुन्न। हाम्रो स्वार्थका लागि कसैको ज्यान लिनु ठीक होइन।ू उनी हाँस्दै थप्छिन्, “ हामी सानैदेखि सिकाइन्छ — अण्डाबाट प्रोटिन, मासुबाट शक्ति, दूधबाट क्याल्सियम तर कसैले पनि सिकाउँदैन — दयालु बन्नु पनि सिक्नुपर्छ।”dog7-1760944495.jpg

त्यही सोचका कारण स्नेहा केयर विद्यालय र समुदायहरूमा गएर ४५ मिनेटका सेसनहरू चलाउँछ। विद्यार्थीहरूलाई जनावरको महत्त्व बुझाउने, कविता र कला प्रतियोगिता गराउने, अनि माया र करुणाको सन्देश फैलाउने।
“ हामी कला र कविता मार्फत पनि करुणा फैलाउँछौं,” स्नेहा भन्छिन्। “किनभने माया भन्ने कुरा किताबबाट होइन, मनबाट सिकिन्छ।”dog5-1760944494.jpg

“कुकुर तिहार हाम्रो लागि धेरै विशेष दिन हो”
स्नेहा मुस्कुराउँदै भन्छिन्, “आज हामीले सेल्टरमा बिहान १० बजेदेखि कुकुर तिहार विशेष कार्यक्रम राखेका छौं। धेरै मानिसहरू आउँदैछन्।” तर उनी तुरुन्तै थप्छिन्, “तर म चाहन्छु — यो प्रेम आजकै लागि सीमित नहोस्। कुकुर तिहार केवल एउटा दिन होइन, एक भावना हो। हरेक दिन करुणा देखाउन सक्नु नै साँचो श्रद्धा हो।”dog2-1760944493.jpg
 

स्नेहा केयरका हाल करिब २३ जना स्टाफ छन् — चिकित्सक, टेक्निसियन, प्रोजेक्ट अफिसर, कम्युनिकेशन अफिसरदेखि लिएर सरसफाइमा काम गर्ने आठ–नौ जनासम्म। यो सानो टोलीले दैनिक रूपमा सयौं जनावरहरूको हेरचाह गर्छ।dog3-1760944493.jpg

स्नेहा भन्छिन्,“हामीले हरेक दिन जनावरका लागि बोल्न सकेौं भने, एकदिन यस्तो समाज बन्न सक्छ जहाँ कुनै पनि प्राणीले दुखका आँसु खसाल्नुपर्दैन।”

शब्द र तस्बिरः ममुन के.सी. र नेपाल फोटो लाइब्रेरी

dog7-1760944689.jpg

dog-1760944688.jpg

dog6-1760944689.jpg

dog11-1760944690.jpg

dog10-1760944690.jpg

dog14-1760944691.jpg

dog13-1760944691.jpg

dog9-1760944690.jpg

dog10-1760944497.jpg

dog11-1760944497.jpg

dog3-1760944688.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

“तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर...
हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ...
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।

भर्खरै