नेभिगेशन
मुख्य समाचार

कञ्चनपुरमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

महेन्द्रनगर । जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा सोमबार  एक वृद्धको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार मृत्यु हुनेमा बेलौरी नगरपालिका–३ बुटावारीका ७० वर्षीय श्रीप्रसाद आचार्य रहेका छन् ।

Dish home
City Express

वृद्ध आचार्य साइकल चढेर बुटावारीबाट ढक्का शिविरतर्फ आइरहेका थिए । उनले भने, “बेलौरी नगरपालिका–५ बन्तरियास्थित बेलौरीबाट ढक्का शिविर जाने पक्की सडकखण्डमा साइकलसँगै आचार्यको शव फेला परेको हो”,।

प्रहरी नायव उपरीक्षक बोहराका अनुसार खोजतलास गर्ने क्रममा पुष्पलाल स्मृति सामुदायिक बनमा आचार्यको शव भेटिएको हो । शव परीक्षणका लागि प्रहरीले बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपाल आइपुग्यो, विपिन जोशीको पार्थिव शरीर

नेपाल आइपुग्यो, विपिन जोशीको पार्थिव शरीर

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखिएको जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री सुशीला कार्की सहितका उच्च पदस्थहरूले अहिले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
माओवादी केन्द्रको सचिवालयबाट बाहिरिन दाहाल, पार्टीमा आजीवन क्रियाशील रहने उद्घोष

माओवादी केन्द्रको सचिवालयबाट बाहिरिन दाहाल, पार्टीमा आजीवन क्रियाशील रहने उद्घोष

उनले सोमबार सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस् राख्दै आफुले पार्टीको सचिवालयको जिम्मेवारीबाट राजिनामा दिएको जनाएकी हुन । उनले लेखेकी छन्,‘मेरा बारेमा पछिल्लो समयमा बिभिन्न संचार माध्यममा आएका भ्रामक...
शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकताः संयोजक दाहाल

शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकताः संयोजक दाहाल

शुभ दीपावली, नेपाल संवत ११४६ तथा छठका अवसरमा शुभकामना दिँदै उनले वर्तमान जटिल राजनीतिक परिस्थितिलाई सहज बनाएर निर्वाचनमा जानुपर्ने उल्लेख गरेका छन् ।
चीनको आरोप–अमेरिकाले राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गर्‍यो

चीनको आरोप–अमेरिकाले राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गर्‍यो

चीनको राज्य सुरक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको वक्तव्यमा यस आक्रमणले देशको नेटवर्क सञ्चार, वित्तीय प्रणाली र विद्युत् आपूर्तिमा समेत अवरोध पुर्‍याउने सम्भावना रहेको उल्लेख छ ।