नेभिगेशन
मुख्य समाचार

नेपाल प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा, ‘टाइगर’ कुकुर पुरस्कृत

काठमाडौँ । मपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाइन कार्यालय महाराजगन्जमा सोमबार कुकुर पूजा सम्पन्न भएको छ ।

त्यसक्रममा केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा रामचन्द्र सत्यालले कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरको पूजा गरेका थिए ।

Dish home
City Express

यसवर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर ‘घुङ्ग्रु’ तथा उत्कृष्ट अपराध अनुसन्धान र सोमबार भएको दौड प्रतियोगितामा प्रथम हुन सफल प्रहरी कुकुर ‘टाइगर’ पुरस्कृत भएको छ ।

सो क्रममा प्रहरी उपरीक्षक सत्यालले अपराध अनुसन्धान तथा सुरक्षा कार्यमा नेपाल प्रहरीको केनाइन सेवाले खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै आगामी दिनमा केनाइन सेवालाई थप प्रभावकारी बनाउन व्यावसायिक जनशक्ति तथा भौतिक स्रोत साधनयुक्त बनाउँदै लैजाने बताए ।

कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारी र प्रहरी कुकुरहरुले पुष्प वर्षा, आज्ञापालन, बाधापार र दौड प्रतियोगिता लगायतका विभिन्न मनोरञ्जनात्मक प्रदर्शनीहरू गरेका थिए ।

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कानून भन्दा माथि बस्ने छुट ओलीलाई छैनः गृहमन्त्री अर्याल

कानून भन्दा माथि बस्ने छुट ओलीलाई छैनः गृहमन्त्री अर्याल

सोमबार सिंहदरबारमा जेनजी आन्दोलनका घाइतेसंगको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै अर्यालले देशका हरेक नागरिकले कानून मान्नुपर्ने भन्दै कानून भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताएका हुन ।
मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु

इलाका प्रहरी कार्यालय कटारीका अनुसार मोटसाइकल दुर्घटनामा मृत्यु हुने कटारी–४ का १६ वर्षीय सम्राट खड्का रहेका छन्भने अर्का घाइते सोही स्थान बस्ने १८ वर्षीय राजमणि कटुवाल रहेका छन्...
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

सोमबार केशरमहलस्थीत मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरुमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।...
विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीले श्रद्धान्जली अर्पण गर्दै(तस्बिरहरु)

विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीले श्रद्धान्जली अर्पण गर्दै(तस्बिरहरु)

लर्न एण्ड अर्नको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले उनलाई बन्धक बनाइएका थिए । बन्धक बनाइएका जोशीका बारेमा इजरायले असोज २७ गते...