नेभिगेशन
समाज

चीनको आरोप–अमेरिकाले राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गर्‍यो

जनवादी गणतन्त्र चीनले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) माथि आफ्नो राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गरेको गम्भीर आरोप लगाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चीनको राज्य सुरक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको वक्तव्यमा यस आक्रमणले देशको नेटवर्क सञ्चार, वित्तीय प्रणाली र विद्युत् आपूर्तिमा समेत अवरोध पुर्‍याउने सम्भावना रहेको उल्लेख छ ।

Ncell
Extreme Energy

मन्त्रालयका अनुसार सन् २०२२ मा अमेरिकी एजेन्सीले विदेशी मोबाइल फोन ब्रान्डको सन्देश सेवामा रहेको कमजोरीको फाइदा उठाई राष्ट्रिय समय सेवा केन्द्रका कर्मचारीहरूको उपकरणबाट संवेदनशील सूचना चोरी गरेको थियो । तर मन्त्रालयले उक्त मोबाइल ब्रान्डको नाम खुलाएको छैन ।

त्यसैगरी एनएसएले केन्द्रका विभिन्न आन्तरिक नेटवर्क प्रणालीहरूलाई लक्षित गर्दै ४२ प्रकारका ‘विशेष साइबर हतियार’ प्रयोग गरेको र सन् २०२३ देखि २०२४ सम्म एक प्रमुख समय प्रणालीमा घुसपैठ गर्ने प्रयाससमेत गरेको चीनको भनाइ छ । उक्त जानकारी मन्त्रालयले चिनियाँ सामाजिक सञ्जाल विच्याटमा प्रकाशित गरेको थियो ।

वक्तव्यमा मन्त्रालयले आफूसँग प्रमाण रहेको दाबी गरे पनि ती प्रमाणहरू पोस्टमा सार्वजनिक गरिएको छैन । चीनको राष्ट्रिय समय सेवा केन्द्रले सञ्चार, वित्त, ऊर्जा, यातायात र रक्षा जस्ता प्रमुख क्षेत्रमा समय मापन तथा वितरण सेवा प्रदान गर्दै आएको छ ।

मन्त्रालयले जोखिम न्यूनीकरणका लागि केन्द्रलाई विशेष सावधानी अपनाउन निर्देशन दिएको जनाएको छ । “अमेरिकाले अरूलाई निरन्तर दोष लगाउँदै आफ्नै कार्यलाई ढाकछोप गर्न खोज्दै आएको छ ।

उसले बारम्बार चीनमाथि साइबर आक्रमणका झूट्टा आरोपहरू लगाइरहेको छ”, मन्त्रालयको वक्तव्यमा भनिएको छ । यसअघि पनि पश्चिमी मुलुकहरूले चीनसँग सम्बन्धित ह्याकरहरूले सरकारी निकाय, सञ्चार माध्यम, व्यापारिक संस्था तथा अन्य संवेदनशील क्षेत्रहरूमा आक्रमण गरेको दाबी गर्दै आएका छन् ।

तर यसपटक चीनको वक्तव्यले व्यापार, प्रविधि र ताइवानसम्बन्धी विवादमा वासिङ्टन र बेइजिङबीचको तनाव अझ तीव्र बनाउन सक्ने सङ्केत देखाएको छ ।

अमेरिकी दूतावासले भने चीनको यो आरोपबारे कुनै प्रतिक्रिया जनाएको छैन । चिनियाँ वक्तव्यले अमेरिकालाई नै विश्वभर साइबर आक्रमणको सबैभन्दा सक्रिय र स्थायी स्रोतका रूपमा चित्रित गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने

ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने

दक्षिण कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने नेपाली सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
मन्त्रिपरिषद्‍को निर्णय-  संसद्‍मा ९ वटा विधेयक पेस गर्ने

मन्त्रिपरिषद्‍को निर्णय- संसद्‍मा ९ वटा विधेयक पेस गर्ने

सरकारले विभिन्न क्षेत्रका कानुनी व्यवस्थालाई समयसापेक्ष र व्यवस्थित बनाउन नौ वटा महत्त्वपूर्ण विधेयकहरू संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
जिउँदै पार्टी कार्यालय जान चाहन्थे गोपालमान

जिउँदै पार्टी कार्यालय जान चाहन्थे गोपालमान

अस्पतालको शैय्यामा रहेका गोपालमानले पनि बिपीलाई सम्झिए । सँगै रहेका छोरा सम्पूर्ण श्रेष्ठलाई नजिकै बोलाएर सानो स्वरमा गोपालमानले भने– ‘मलाई पार्टी कार्यालय सानेपा लगिदिनू।’
प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बा अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बा अनुमोदित

संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई अनुमोदन गरेको छ ।