नेभिगेशन
मुख्य समाचार

शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकताः संयोजक दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरक्षित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताए ।

शुभ दीपावली, नेपाल संवत ११४६ तथा छठका अवसरमा शुभकामना दिँदै उनले वर्तमान जटिल राजनीतिक परिस्थितिलाई सहज बनाएर निर्वाचनमा जानुपर्ने उल्लेख गरेका छन् ।

Dish home
City Express

“आमनिर्वाचनपछि राष्ट्रिय सहमतिमा अग्रगामी रूपान्तरणका लागि संविधान संशोधन गर्दै सामाजिक न्याय र सुशासनको नयाँ अध्याय प्रारम्भ गर्न सकिने हाम्रो विश्वास छ”, संयोजक दाहालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

उनले शुभ दीपावली, नेपाल संवत ११४६ तथा छठका अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनसमुदायमा शुभकामना व्यक्त गरेका छन् ।

मौलिक सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता, भातृत्व र भावनात्मक एकता जागृत गर्न विशिष्ट योगदान पुर्‍याउँदै आएको जनाउँदै संयोजक दाहालले यी पर्वहरूले सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्दै राष्ट्रिय एकता बलियो बनाउन प्रेरणा प्रदान गर्दै आएका बताए ।

संयोजक दाहालले चाडपर्वले सबैमा आशा र आत्मबलको नयाँ ऊर्जा जगाई राष्ट्रिय एकता र अग्रगमनका पक्षमा उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
असोज महिनामा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या ७५ हजार बढी

असोज महिनामा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या ७५ हजार बढी

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल,मुस्ताङको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न लालायित हुन्छन ।
प्रहरी कार्यालय पुनर्निर्माण गर्न १० लाख सहयोग

प्रहरी कार्यालय पुनर्निर्माण गर्न १० लाख सहयोग

इलाका प्रहरी कार्यालय अनारमनीको कार्यालय परिसरमा सोमबार एक सङ्क्षिप्त कार्यक्रमबीच सङ्घले फर्निचर र नगद रकम प्रदान गरेको हो ।सङ्घका अध्यक्ष धनबहादुर पन्धाक नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय अनारमनीको...
कानून भन्दा माथि बस्ने छुट ओलीलाई छैनः गृहमन्त्री अर्याल

कानून भन्दा माथि बस्ने छुट ओलीलाई छैनः गृहमन्त्री अर्याल

सोमबार सिंहदरबारमा जेनजी आन्दोलनका घाइतेसंगको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै अर्यालले देशका हरेक नागरिकले कानून मान्नुपर्ने भन्दै कानून भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताएका हुन ।
मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु

इलाका प्रहरी कार्यालय कटारीका अनुसार मोटसाइकल दुर्घटनामा मृत्यु हुने कटारी–४ का १६ वर्षीय सम्राट खड्का रहेका छन्भने अर्का घाइते सोही स्थान बस्ने १८ वर्षीय राजमणि कटुवाल रहेका छन्...