नेभिगेशन
समाज

माओवादी केन्द्रको सचिवालयबाट बाहिरिन दाहाल, पार्टीमा आजीवन क्रियाशील रहने उद्घोष

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सचिवालयको जिम्मेवारीबाट गंगा दाहालले राजिनामा दिएकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सोमबार सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस राख्दै आफुले पार्टीको सचिवालयको जिम्मेवारीबाट राजिनामा दिएको जनाएकी हुन । उनले लेखेकी छन्,‘मेरा बारेमा पछिल्लो समयमा बिभिन्न संचार माध्यममा आएका भ्रामक समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको छ । म, बुवा (नेकपा माओवादी केन्द्रका संयोजक कमरेड प्रचण्ड) को सचिवालयमा भाइ प्रकाश दाहालको देहवसान पछि मम्मी सीता दाहाल बिरामी हुनुभएको अवस्थामा जिम्मेवारी लिएर आए ।’

Ncell
Extreme Energy

सचिवालयको जिमेवारीमा रहदा आफुबाट केही कमीकम्जोरी भएका हुन सक्ने कुरालाई औलाउदै उनले भनेकी छन्, ‘मम्मीको हेरचाह पनि गर्नुपर्ने र भाइ प्रकाशले निभाउँदै आएको भुमिकामा रहेर अध्यक्षलाई सहयोग गर्न पार्टी नेताहरुको सल्लाहमा सचिवालयमा रहेर निस्वार्थ भावमा पार्टी आन्दोलन र बुवाको लागि आफुले सकेको सहयोगको कोशिस गरिरहे । यस दौरानमा सवैको भावना अनुसार काम गर्न सकिन होला त्यसका लागि आत्मआलोचित हुँदै यति चाही म गर्वका साथ भन्छु मैले आफ्ना लागि सोचेर कहिले पनि काम गरिन ।’

पार्टी र सचिवालयको जिम्मेवारीमा रहदा सकेको र क्षमताले सक्ने काम गर्दा पनि आलोचना खेपेको प्रति दाहालले दुःख व्यक्त गरेकी छन् । उनले भनिन् ‘सधै सहयोगीका रुपमा राम्रो गर्ने कोशिस गरिरहे। तर दुख लाग्छ, यो ठाउ नै त्यस्तै होकी जति राम्रो गर्छु भन्दा पनि, जति नै बिवादरहित भएर काम गर्छु भन्दा पनि बिवादमा त परिहालिने रहेछ। । म, मेरा दिदीहरू र भाइलाई महान जनयुद्धको समयमा राज्य सत्ताले निरन्तर दुःख दिएका कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागिरहियो।’

त्यस्तै, पार्टी र सचिवालयको जिम्मेवारीमा रहदा विलासीलता र आफ्नो जिवनशैलीलाई लिएर लेखिएका समाचारको समेत दाहालले खण्डन गरेकी छन् । उनले भनिन्, ‘कुप्रचार र भ्रामक सूचना दिनेहरूले मेरा बारेमा निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि चरम दुरुपयोग गरिरहेका छन्। कहिले कति लाखको ब्याग भनिदिएको छ, कहिले कति लाखको घडी । एक लाख पर्ने घडी, ब्याग जिन्दगीमा कहिले पनि किनेको छैन । साथीभाइले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भैसक्यो । अझै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ ।’

त्यस्तै, दाहालले सचिवालयको जिम्मेवारीबाट राजिनामा दिनुको कारण आफुलाई देखाएर निरन्तर पार्टी र पार्टीका संयोजकमाथि लगातार योजनावद्ध प्रहार भैइरहेकाले जिम्मेवारीबाट राजिनामा दिन उपयुक्त लागेको उनले बताएकी छन् । उनले भनेकी छन्, ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निस्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजिनामा दिएको छु ।’

त्यस्तै, दाहालले सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले आफुलाई गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै, आफु पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा क्रियाशील रहने जानकारी समेत दिएकी छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले एमालेबाट २, एक र राप्रपाबाट ३ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरिसकेका छन् ।
बागमतीका नवनियुक्त मुख्यमन्त्री थापामगरले लिए शपथ

बागमतीका नवनियुक्त मुख्यमन्त्री थापामगरले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले शपथ लिएका छन् ।