नेभिगेशन
मुख्य समाचार

मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ स्थित मदनभण्डारीमार्गको ककरु खेलामा मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा परी एक जनाको अवस्था गम्भीर रहेको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार मोटसाइकल दुर्घटनामा मृत्यु हुने कटारी–४ का १६ वर्षीय सम्राट खड्का रहेका छन्भने अर्का घाइते सोही स्थान बस्ने १८ वर्षीय राजमणि कटुवाल रहेका छन् ।

Dish home
City Express

गएराति ११ बजे कटारीबाट सिन्धुली जाँदै गरेको बागमती प्रदेश ०२–०५४ प ६९९० नम्बरको मोटरसाइकल ककरु खेला नजिकै ओभरस्पिडका कारण अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईं जानकारी दिए । 

मोटरसाइकलमा सवार चालक खड्का र मोटरसाइकल पछाडि बसेका कटवाल दुवैको अवस्था गम्भीर भएकाले तत्काल प्रादेशिक अस्पताल कटारीमा ल्याएर उपचार गर्ने क्रममा खड्काको कटारी अस्पतालमा नै मृत्यु भएको इप्रका कटारीले प्रहरीले बताएको छ ।

अर्का कटवालको थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा पठाइएको र हाल उपचार भइरहे पनि अवस्था गम्भीर रहेको इलाका प्रहरी कटारीले बताएको छ । खड्काको शवपरीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको इप्रका कटारीको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तिहारको झिलिमिली बत्तीले मनमोहक देखिएको काठमाडौँ उपत्यका(तस्बिरहरु)

तिहारको झिलिमिली बत्तीले मनमोहक देखिएको काठमाडौँ उपत्यका(तस्बिरहरु)

अहिले हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएका छन् । झिलिमिली बत्तीले सजिएको उपत्यका नजिकका डाँडाहरुबाट मनमोहक देखिएको छ ।
असोज महिनामा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या ७५ हजार बढी

असोज महिनामा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या ७५ हजार बढी

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल,मुस्ताङको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न लालायित हुन्छन ।
प्रहरी कार्यालय पुनर्निर्माण गर्न १० लाख सहयोग

प्रहरी कार्यालय पुनर्निर्माण गर्न १० लाख सहयोग

इलाका प्रहरी कार्यालय अनारमनीको कार्यालय परिसरमा सोमबार एक सङ्क्षिप्त कार्यक्रमबीच सङ्घले फर्निचर र नगद रकम प्रदान गरेको हो ।सङ्घका अध्यक्ष धनबहादुर पन्धाक नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय अनारमनीको...
कानून भन्दा माथि बस्ने छुट ओलीलाई छैनः गृहमन्त्री अर्याल

कानून भन्दा माथि बस्ने छुट ओलीलाई छैनः गृहमन्त्री अर्याल

सोमबार सिंहदरबारमा जेनजी आन्दोलनका घाइतेसंगको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै अर्यालले देशका हरेक नागरिकले कानून मान्नुपर्ने भन्दै कानून भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताएका हुन ।